भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री […]
समाचार
ओली कुटीको ‘नक्सा’लाई लिएर शिक्षामन्त्री पुनले गरे कटाक्ष
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका छन्। उनले हाकिमले दुई जना […]
दार्चुलामा भूकम्पको धक्का
काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको […]
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक […]
धादिङको दुर्घटनामा परेका थिए ७० जना, दुईको मृत्यु, सबैको नामलिस्टसहित
काठमाडौँ । पृथ्विलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबनार भएको भीषण सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार राति घाइतेहरूको विवरण संकलन गर्दा उक्त दुर्घटनामा विभिन्न सवारी साधनका ७० यात्रु परेक इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्। काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल […]
देशभक्तिपूर्ण नृत्य प्रतियोगिता सम्पन्न
भक्तपुर । वी क्यान एजुकेसन नेपाल, भक्तपुर (We Can Education Nepal, Bhaktapur) द्वारा आयोजित राष्ट्रिय देशभक्तिपूर्ण गीतमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। जागृती विद्या सदनमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन विद्यालय संयोजक रजनी सापकोटाले गरेकी थिइन् । कार्यक्रम We Can Educational Nepal का अध्यक्ष रत्न बहादुर राईको सभाध्यक्षता र चाँगुनारायण नगरपालिका–१ का […]
अमेरिकी सहयोगमा येंगा हिटी पुनर्निर्माण सम्पन्न, ४० वर्षपछि पुनः बग्यो पानी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१, येंगालस्थित १४औँ शताब्दीमा निर्माण भएको ऐतिहासिक येंगा हिटीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। अमेरिकी राजदूतावास अन्तर्गतको सांस्कृतिक संरक्षण कोष (AFCP) को अनुदान तथा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग, स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा यो जिर्णोद्धार सम्पन्न गरिएको हो। शनिबार आयोजित विशेष समारोहबीच अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स, काठमाडौँ महानगरपालिकाकी […]
‘भीमफेदीया’को ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक
काठमाडौ । गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा रचित गीत ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गीत सार्वजनिक गरेका थिए । विजय गुरुङद्वारा सङ्गीतबद्ध […]
धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना […]
मधेशमा जस्तै अन्य प्रदेशहरूमा पनि एमाले बाहेकको समीकरण बन्छ- प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य प्रदेशमा मधेसमा जस्तै समीकरण बनाएर सरकार बनाउने बताएका छन्। मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध दलहरू, मधेशवादी दलहरू र नेपाली कांग्रेस मिलेर कांग्रेसका श्रीकृष्ण यादव शुक्रबार मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए। त्यहाँ एमालेका सरोज यादवले राजीनामा दिएका थिए। शनिबार मधेस प्रदेशस्तरीय सन्देश सभामा बोल्दै संयोजक […]











