सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]
समाचार
भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन, ओलीले के भने ?
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोर्ट थिचेर झण्डोत्तल र बत्ति बालेर उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले खरानीबाट उठेर अजम्बर पार्टी बनेको बताए। अध्यक्ष ओलीले महाधिवेशनमा देखिएको नेताकार्यकर्ताको उपस्थितिलाई महासागरको एउटा थोपा मात्र भएको उल्लेख गर्दै देशभर यस्तै हजारौँ “थोपा” […]
निर्वाचनका लागि ललितपुरमा काङ्ग्रेसका ३१ उम्मेदवार सिफारिस
ललितपुर । नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको बिहिवार बसेको वैठकको निर्णयले ललितपुरका तीन वटै क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नामहरुलाई सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको जिल्ला प्रवक्ता सन्तोष […]
पत्रकारलाई थप जिम्मेवार बनाउन मधेश प्रदेशमा प्रशिक्षक प्रशिक्षण
जनकपुरधाम । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना रोक्न तथा पत्रकारलाई पेशाप्रति थप जिम्मेवार बनाउन नेपाल पत्रकार महासंघले विहीवार मधेश प्रदेशको जनकपुरधाममा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । पछिल्लो समयमा सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले सहकार्य गरी “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम […]
आज भक्तपुरमा ३ लाख बढी एमाले कार्यकर्ताको भेला, देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने
भक्तपुर । नेकपा (एमाले) ले भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आज अपराह्न हुने ११औं महाधिवेशन उद्घाटन समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरूले मञ्च व्यवस्थापनदेखि सहभागी व्यवस्थासम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन […]
चौतर्फी बिरोध भएपछि विधान संशोधनबाट पछि हटे ओली
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा एजेन्डाका रूपमा राखिएको विधान संशोधन प्रस्ताव अस्वीकृत भएको छ । नेतृत्व चयनका लागि शनिबारबाट सुरु हुन लागेको एमालेको ११ औँ महाधिवेशनको अघिल्लो दिन बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव बैठकमा एजेन्डाका रूपमा आए पनि अस्वीकृत भएको एक सचिवालय सदस्यले जानकारी दिए । ‘बैठकको एजेन्डामा विधान संशोधन प्रस्ताव पनि थियो तर […]
मन्त्रिपरिषद् विस्तार, शीतलनिवासमा ४ मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभाका बीचमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेका थिए । लगत्तै शपथग्रहण गराइएको हो । मन्त्री बन्नेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, […]
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नगरिए सडकमा उत्रिने जेनजी युवाहरुको चेतावनी
काठमाडौँ । जेनजी अभियन्ताहरूले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने व्यवस्था तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई माग गरेका छन्। शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले २० लाखभन्दा बढी प्रवासी नेपालीलाई मतदान अधिकारको ग्यारेन्टी गर्न सरकार बाध्य हुने चेतावनी दिए। अभियन्ता शिरिष साहीले विदेशमा बस्ने नेपालीको संख्या धेरै भएकाले उनीहरूलाई मताधिकारबाट वञ्चित राख्नु लोकतान्त्रिक […]
ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन
काठमाडौँ । अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि राष्ट्रपति मदुरोले लिने नीतिमा समर्थन रहने बताएका हुन्। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले […]
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले […]











