सल्यान, १४ कात्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर पर्यटन […]
समाचार
वातावरण र कला सम्बन्धी अन्तरराष्ट्रिय कला कार्यशाला हुँदै
काठमाडौंँ, १४ कात्तिक । वातावरण र कलालाई एकै साथमा राखेर यही कात्तिक १५ गते अन्तरराष्ट्रिय कला कार्यशाला हुने भएको छ । सुदूर पश्चिमको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा हुने कार्यशालामा सहभागी हुन नेपाली १५ र विदेशी दुई जनाको टोली आज प्रस्थान ग¥यो । मानवीय समवेदना हराउँदै गएको र वन्यजन्तु, पर्यावरण र मानव वन्यजन्तुबीचको सहअस्तित्वलाई जोगाउने र बढाउने […]
१८ पुरुषसँगै भिड्दै एक्ली महिला
खोटाङ, १४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खोटाङबाट एकजना मात्र महिलाको उम्मेदवारी परेको छ । जिल्लाबाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका १८ जना पुरुषको सामु एक्ली महिला सरस्वती बजिमयको उम्मेदवारी परेको हो । विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको सभासद बन्नुभएकी बजिमय नेपाली […]
उदयपुरमा भाइले गरे खुकुरी प्रहार गरी दाजुको हत्या
गाईघाट, १४ उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका […]
क्षयरोग धेरै देशका लागि अझै पनि ठूलो समस्या
जेनेभा । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।” विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग […]
ट्रेकिङ एजेन्सीहरुकाे साझा संस्थामा दाहाल निर्वाचित
काठमाडौं, १२ कार्तिक । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको बिजयी भएका छन् । टानको ३९ अौ साधारण सभाबाट बरिष्ठ उपाध्यक्ष खुम सुबेदी, प्रथम उपाध्यक्ष जीवन थापा, उपाध्यक्ष निलहरी बस्तोला, महासचिव आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछाने, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह -कोषाध्यक्ष तारा राणा निर्वाचित भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा […]
निर्वाचन नहुने चर्चा चलिरहेका बेला अयोधीले दिए अदालतलार्इ धन्यवाद
काठमाडाैं, १२ कार्तिक । सर्वाेच्च अदालतकाे अादेशपछि निर्वाचन सर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधी प्रसाद यादवकाे त्यसबारे धारणा बाहिर अाएकाे छ । यादवले सर्वाेच्च अदालतले दिएकाे अादेशलार्इ धन्यवाद दिएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका विषयमा राखिएकाे एक प्रशिक्षण कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । […]
वनका अध्यक्ष नै अवैध रुपमा वन फडानीमा सक्रीय
प्यूठान, १२ कार्तिक । वनकाे रक्षाका लागि वन समिति बनाइन्छ । तर, त्याे दुधकाे साक्षी बिरालाे भन्ने नेपाली उखान जस्ताे भयाे भने के हाेला ? यस्तै भएकाे छ प्यूठानमा । एक सामुदायिक वनका अध्यक्ष नै वन फडानीमा व्यापक रुपमा लागिपरेका छन् । वनका अध्यक्ष नै यसरी तस्करहरुसँग मिलेर वन फडानीमा लागेपछि त्यस क्षेत्रका स्थानीयवासी अाक्राेशित भएका […]
बौद्ध धर्मालम्वीको पवित्र कठिन चीवरदान महोत्सव सम्पन्न
काठमाडाैं, ११ कार्तिक । बुद्धकालीन समयेदेखि चलिआएको बौद्ध भिक्षुहरुलाई गरिने कठिन चीवरदान (बौद्ध भिक्षुहरुको पहिरन तथा वस्त्र ) अनुसार शनिवार पवित्र कठिन चीवरदान महत्सव गरिएको छ । थेरवाद बुद्धशासन इतिहासमा कठिन चीवरदानकाे विशेष महत्व रहेको पाइन्छ । भगवान बुद्धको उपदेश अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा वर्षावास बस्नपर्ने परम्परा लामाे प्रचलन चलनमा छ […]
सप्तरीबाट आएको बस हेटौडा छोडेर चालकले अर्को बसमा यात्रु राखेर ल्याएको खुलासा
धादिङ, ११ कार्तिक । त्रुशुली नदीमा खसेकाे बसका चालकले साे बस बाटाेमै फेरेर ल्याएकाे खुलासा भएकाे छ । उक्त दुर्घटनामा परी ज्यान जानेकाे सङ्ख्या अहिलेसम्म ३१ पुगेकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडाै अाउँदै गरेकाे रात्रीबस शनिवार बिहान ५ बजेतिर यात्रुसहित त्रिशुली नदीमा खसेकाे थियाे । राजविराजबाट ना ६ ख १४६८ नम्बरकाे बस चालकले […]









