एमाले महाधिवेशन : मेसिनमा नाम इन्ट्री गर्न समय लागेपछि मतदान साँझ ८ बजेदेखि

काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान ढिला हुने भएको छ। विद्युतीय मेसिनबाट हुने यो मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेसिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ। भोटिङ मेसिन उत्पादक कम्पनीका प्रमुख रामप्रसाद रिमालले आज पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम मिलाएर सच्याएर पठाएको […]

मन्त्रीपरिषदको निर्णय सार्वजनिक

cabinet

काठमाडौ । भारतीय रुपियाँ २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय सरकारले गरेको छ। सन् २०१६ नोभेम्बर ९ पछि निष्काशनमा आएका ती नोट ओसारपसार गर्न पाइने व्यवस्था गरिएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह प्रक्रियामा कागजातको आधिकारिकताका […]

तीन कम्पनीको बोनस शेयर सूचीकृत, कस्को कति

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । त्यस्तै, […]

राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ । सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन् । थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा […]

भरत दाहालले भक्तपुर आएर भेटे भ्रष्टाचार विरोधी अभियन्ता

Bharat Dahal premdhoj moktan

भक्तपुर । राजनीतिक विश्लेषक भरत दाहालले भक्तपुरमा भ्रष्टाचारविरोधी अभियन्ताहरूसँग भेटघाट तथा छलफल गरेका छन् । टोलीसहित आएका दाहालले भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज मोक्तान लगायतलाई भेटी भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहने स्पष्ट पारेका छन् । उनले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै व्यक्ति वा समूहको मात्र नभई सामूहिक प्रतिवद्धताबाट मात्रै सफल हुने धारणा […]

एमालेको मतदान ४ बजेदेखि, भोलि दिउँसो अन्तिम परिणाम सार्वजनिक हुने

काठमाडौँ । नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ । दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए […]

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध उक्त मुद्दा दायर गरेका हुन् । फ्लोरिडाको मियामीस्थित सङ्घीय अदालतमा सोमबार दायर […]

मीनेन्द्र रिजालसंगै पुगेका शेखर कोइराला र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका छन्। सभापति देउवा निवास महाराजगञ्ज पुगेर कोइराला र रिजालले पार्टीका आन्तरिक विषयमा कुराकानी गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यालयले नम्बर बिनाका क्रियाशील सदस्यता फारम जिल्लाहरूमा पठाएको विषयमा कुरा गर्न कोइराला र रिजाल सभापति देउवाकहाँ गएका हुन्। साथै केन्द्रीय अनुशासन […]

मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी

जनकपुरधाम । मधेश प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ। आफूले रोजेको मन्त्रालय नपाएको झोकमा जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्। सोमबार भएको मन्त्रीपरिषद् विस्तारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। २१ गते विनाविभागीय […]

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय […]