काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो। आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ। ट्रफीलाई आइसिसी पुरुष टी–२० […]
समाचार
एमाले महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् । […]
७६ वर्षमा भक्तपुर नगरपालिका: योमरी प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण
भक्तपुर । ७६ वर्ष पुगेको जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नगरी आफ्नो असल अभ्यास, सुशासन र सांस्कृतिक प्रतिबद्धताको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ। नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजेतालाई पुरस्कार, सहभागीलाई प्रमाणपत्र तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसहित बुधबार भव्य समारोहबीच स्थापना दिवस सम्पन्न भएको हो । […]
बेहोस भए बिहानदेखि भोट हाल्न पर्खेका केही मतदाता
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व छान्न बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयदेखि पर्खनुपरेकाले केही मतदाता बेहोस भएका छन्। मतदान प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए। मतदान सक्न लामो समय लागेकाले तीन-चार जना बेहोस भएको थाहा भएको छ। बेहोस […]
शेखर कोइरालाले गरे कांग्रेसको औं महाधिवेशन महाधिवेशन सर्नसक्ने संकेत
विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको […]
विद्युतीय मेसिनमा मत खसाल्दा पनि एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस्
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहँदा मतदातालाई समस्या भएको छ। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत् आइलागेको छ। निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया […]
पूर्वसचिव कार्कीसहितका ४ प्रतिवादीविरुद्ध मुद्दा दायर
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाले मुद्दा दायर गरेको छ । सीआईबीले बुधाबर एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हाे । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले […]
एमाले मतदान सकिन २२ घन्टा लाग्ने, यस्ता छन् ढिला हुनुका ३ कारण
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानसम्म मतदान हुने देखिएको छ। बुधबार मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले २२६२ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको हो। मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो। मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले सबै प्रतिनिधिको मतदान सक्न बुधबार […]
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँझबुझ गर्न गठित आयोगले एक महिना म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीेसँग छलफल गर्दै आयोगका पदाधिकारीहरुले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा जाँचबुझ आयोग […]
एमाले महाधिवेशनमा मतदान भइरहँदा बालकोटकै एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
ललितपुर । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास रहेको भक्तपुरस्थित बालकोटकै एमाले नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । भक्तपुरको बालकोट–२ वडाबाट एमालेका नेता तथा कार्यकर्ताहरू आज नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका हुन्। नेकपा संयोजक प्रचण्डले उनीहरूलाई पार्टी प्रवेश गराएका […]










