सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी मत, पोखरेल प्यानलबाट दुई पदाधिकारी मात्र बिजयी

काठमाडौ । नेकपा एमालेको ११ औं महाधिवेशनमा महेश बस्नेतले सचिव पदमा सर्वाधिक लोकप्रिय मतसहित प्रथम स्थान हासिल गर्दै बिजय प्राप्त गरेका छन् । १ हजार ५ सय ४४ मत सहित सचिव पदमा सबैभन्दा बढी मतका साथ बस्नेत बिजयी भएका हुन् । उनी जेनजी आन्दोलनपछि एक्लिएको एमालेलाई उठाउन अग्रणी भूमिका खेल्दै आएका भक्तपुरको गुण्डुनिवासी नेता हुन् […]

पूर्वमाओवादीका रामबहादुर थापा र लेखराज भट्ट बने एमाले पदाधिकारी

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा र लेखराज भट्ट विजयी भएका छन् । भृकुटीमण्डपमा बिहीबार सम्पन्न मतगणनामा उपाध्यक्षका उम्मेदवार थापा १५१६ मत ल्याएर विजयी भएका थिए । उपमहासचिवका उम्मेदवार भट्ट पनि १४५२ मत ल्याएर विजयी भएका छन् । तीन जना उपमहासचिवमध्ये भट्टले पाएको मत सर्वाधिक हो । थापा र भट्टले २०७७ […]

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, महासचिवमा शंकर पोख्रेल निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी […]

फेरि २ लाख ६० हजार नाघ्यो सुन, चाँदी पनि हालसम्मकै उच्च

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो […]

ओलीले ३३३ मत पाउँदा ईश्वर पोखरेललाई कति ? अन्यको अवस्था के छ ? ताजा अपडेट

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्बन्ध भएसँगै मतगणना भइरहेको छ । जारी मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । ताजा अवस्थामा मतपरिणाम यस्तो छ- अध्यक्ष केपी शर्मा ओली : ३३३ ईश्वर पोखरेल : ११० उपाध्यक्ष अरुण नेपाल : ८९ गुरु प्रसाद बराल : २४२ […]

अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी पदमा यस्तो आयो एमालेको प्रारम्भिक मतपरिणाम

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा अध्यक्ष सहित पदाधिकारीमा केपी शर्मा ओली पक्षका उम्मेदवार नै अगाडि देखिन्छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको टक्कर छ । यस्तो छ प्रारम्भिक मत परिणाम– अध्यक्ष केपी शर्मा ओली : १५६ ईश्वर पोखरेल : ६७ उपाध्यक्ष विष्णु […]

पटक-पटक स्थगित हुँदै आएको रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज […]

दुवैतर्फका बराबर प्रतिनिधि राखेर एमालेको मतगणना सुरु, परिणाम आउन ३ घण्टा लाग्ने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ । ‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि […]

सशस्त्रका ५ जना उद्धारकर्ता र खेलाडीले पाए सिधै यूएन मिसनमा जाने अवसर

काठमाडौं । सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी हुने भएका छन् । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिएर उद्धार गर्ने कर्मचारी, २०८१ मा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई […]

टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालमा पनि

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको छ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा समेत ल्याइने भएको हो। आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ। ट्रफीलाई आइसिसी पुरुष टी–२० […]