काठमाडौं, ४ चैत । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाट्फोर्डलाई ५-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन इजिप्टका खेलाडी मोहोमद सालाहले ४ गोल गर्दा रोबर्टो फर्मीनोले अर्को एक गोल थपे । जितसँगै लिभरपूल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नमाउथले वेष्ट ब्रोमलाई २-१ ले […]
समाचार
सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बराबरको क्षति
इटहरी, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदै
काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो । उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय […]
डा महतमाथि सार्वजनिक कार्यक्रममै खड्काले किन हिर्काए टाउकोमै बोत्तल? यस्तो छ कारण (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, ४ चैत । कुरा विहीबार साँझ पाँच बजेतिरको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमै आक्रमण भयो । त्यो पनि सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका बेला । उनको टाउकोमा एक युवाले पानिको बोत्तलले हिर्काए । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतबेंसीमासुरु भएको ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय […]
क्रान्तिकारी पत्रकार संगठनको रोल्पा अध्यक्षमा विष्ट निर्वाचित
रोल्पा, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान पीएम, कोषाध्यक्ष चित्र झाँक्री रहेका छन् । त्यसैगरी सदस्यहरुमा डीके रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, […]
नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित
काठमाडौं, ३ चैत । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप […]
‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !
काठमाडौँ, ३ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् । स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् । सोही अवसरमा […]
उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित
काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदका लागि अरु कसैको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुन वाम […]
तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !
काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने […]
ब्लोदानले मनायो रजत जयन्ति तथा तेस्रो राष्ट्रिय रक्तदाता दिवस
काठमाडौ, ३ चैत । नेपालका राष्ट्रिय रक्त कार्यक्रममा स्वयंमसेवी रक्तदानको क्षेत्रमा सक्रिय भूमिका निभाईरहेको राष्ट्रिय संस्था ब्लोदानको स्थापना दिवसको अवसरमा विना सोधभर्ना विरामीलाई रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔं भन्ने नारा सहित नेपालको प्रथम रक्तदाता स्व. दयावीर सिंह कंसाकारप्रति समर्पण गरेर काठमाडौमा आयोजना गरिएको ब्लोदानको स्थापनाको रजत जयन्ती तथा तेश्रोे राष्ट्रिय रक्तदाता दिवस […]











