चिसोले कठ्याङ्गिन थालेपछि नगरपालिकाले दियो दाउरा

कपिलवस्तु, १८ पुस । केही दिनदेखिको बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्र्रिने जाडोले जनजीवन प्रभावित भएसँगै यहाँको नगरपालिकाले दाउरा वितरण गर्न थालेको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको गुनासो आएसँगै यहाँको बुद्धभूमि नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँमा तीनदिनदेखि दाउरा वितरण गरिरहेको छ । इमिलिया, गोरुसिंहे, महेन्द्रकोट, बुड्डी, डुमरा चोक, हरिहरपुर, मानपुर […]

बाटो बन्द गर्नेलार्इ अश्रुग्यास हानेर प्रहरीले खुलायो जाम

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित पात्लेखेतमा अश्रुग्यास प्रहारपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । “दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिको कुरा नमिलेका कारण स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए, […]

किमले दिए यस्तो खतरानाक चेतावनी, ‘आणविक हतियारको साँचो सधैँ मेरो टेबलमा छ’

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ […]

नयाँ वर्षको पहिलो रात १७ हजार चालक मापसे कारबाहीमा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राति मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरू मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेवन गरी […]

सन् २०१८ को पहिलो दिन जन्मने शिशुको आधा सङ्ख्या नौ मुलुकबाट

एजेन्सी । सन् २०१८ को पहिलो दिन विश्वभर जन्म लिने करिब तीन लाख छ हजार शिशुमध्ये आधा सङ्ख्या विभिन्न नौ देशको रहेको यूनिसेफले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत संगठन (यूनिसेफ) ले सोमबार दिएको तथ्याङ्क अनुसार विश्वभर अङ्ग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात् जनवरी १ मा जन्मिने तीन लाख छ हजार […]

पहिलो पटक राजधानी छाडेर पोखरामा अन्तराष्ट्रिय चलचित्र महोत्सव

पाेखरा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पोखरामा हुने भएको छ । राजधानी केन्द्रित भइरहेका फिल्म महोत्सवकाे परम्परालार्इ ताेड्दै यसपाली पहिलाेपटक पाेखरामा याे महाेत्सव गर्न लागेकाे अायाेजकले जनाएकाे छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले गर्न लागेको उक्त महोत्सव माघ १९ देखि चार दिनसम्म पोखराको उद्योग वाणिज्य संघमा चल्नेछ । पत्रकार सम्मेलनमा सोमबार बताइए अनुसार महोत्सवमा ५३ […]

पाकिस्तानले अमेरिकालार्इ गम्भीर धोका दिएको ट्रम्पको आरोप

US president Donald trump

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाएका छन । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिँदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप छ । उनले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गरेका छन् । अमेरिकाले गत अगष्टमै पठाउने […]

कारागारमा झडप हुँदा ९ जना कैदीको मृत्यु

काठमाडाैं । ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । एक समुहले हतियार सहित विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए । भागेका मध्ये ३० जना कैदीलाई भने पुन: नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता […]

विद्या भण्डारीलार्इ नै राष्ट्रपति बनाउने केपी ओलीको यस्तो गोप्य योजना

काठमाडौँ, १८ पुस । भावी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा केपी ओली रहेको रहस्य खुलासा भएको छ । पुरानैलाई निरन्तरता दिएर जनतामा परिवर्तनको महसुस नगराउने चलखेलमा ओली लागिपरेका माओवादी नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले खुलासा गरेका हुन् । ‘केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ, झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ,’ माओवादी […]