विदेशका जेलमा श्रीमान, घरमा श्रीमती गर्भवती, बच्चा जन्मेपछि मनाइन्छ यस्तो हर्षोल्लास

काठमाडौं । सुन्दा पनि पत्यार नलाग्ने । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती । बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् । तर उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो […]

बोक्सीको आरोपमा ६ घण्टासम्म किशोरीलार्इ कुटिँदा रमिता हेर्ने मेयरका यस्ता अनौठा तर्क

काठमाडौँ, २६ फागुन । बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए । इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए । बोक्सीको आरोपमा किशोरीलाई मरणासन्न हुने गरी कुटपिट गर्दा […]

क्रान्तिकारी पत्रकार संगठनको काठमाडौंकाे सम्मेलन सम्पन्न, बडाल अध्यक्ष

काठमाडौँ, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन नेपालको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले करण बडालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । सम्मेलनकाे बन्दशत्रबाट उपाध्यक्षमा शैलेश डंगोल, सचिवमा सुरज प्याकुरेल, सहसचिवमा केशव भुल र कोषाध्यक्षमा शम्भु दंगाल निर्वाचित भएका छन् । अध्यक्ष बडाल लामो समयदेखि पूर्णकालिन रुपमा मिशन पत्रकारितामा अावद्ध छन् […]

कुखुरा चोरेको प्रमाणित भएपछि जनप्रतिनिधिलार्इ गाउँबाट लखेट्ने तयारी

कालिकोट, २६ फागुन । कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको […]

आयातीत संस्कृतिले नेपालका विभिन्न जातिको संस्कृति लोप हुदै छ – सत्यमोहन

        काठमाडौं, फागुन २६ गते । संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली सभ्यता र संस्कृति बचाउन सबै पक्षले लाग्नुपर्नेमा जोड दिदै नेवार समुदाय भित्रका सबै जातजातिले भाषा, सस्कृति, कलालाई जिबन्त राख्नुपर्ने बताउनु भएको छ ।  नेपाल राष्ट्रिय खड्गी समाजको शनिबार भएको दोस्रो महाधिवेशनको उद्घाटन गर्नुहँदै उहाँले नेवार समुदाय तथा अन्य समुदायमा पश्चिमा विदेशी आयातीत संस्कृतिले […]

को होला प्रहरी प्रमुख ? आईजीपी बन्न यस्तो चलखेल सुरु ?

काठमाडौं, २५ फागुन । नेपाल प्रहरीमा २६ औं आईजीपी नियुक्त गर्न चलखेल सुरु भएको छ । आईजीपी प्रकाश अर्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाले प्रहरी संगठनभित्र नयाँ आईजीपीको खोजी सुरु भएको हो । प्रहरी नियमावली अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसहित १५ एआईजीले आगामी चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै […]

सञ्चार क्षेत्रका लागि उपलब्ध सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार

      फागुन२५,काठमाडौँ । नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकासनमा आएको छ । नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः जः मासिकको विमोचन गरेको हो । प्रदेश नंं ३ काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद्् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः मासिक सानुकाजी विशेषाङ्कको विमोचन गर्नुभयो । गत […]

वर्षमानलार्इ रिझाउन प्रचण्डलार्इ धाै धाै, प्रतिस्पर्धी धेरै भएपछि अाफ्नाे भागमा अाएकाे सभामुख एमालेलार्इ दिने तयारी

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रमा अहिले विभिन्न पदहरुमा धेरैकाे दावी भएपछि सर्वसम्मत निर्णय गर्न धाैधाै परेकाे छ । खासगरी कृष्णबहादुर महरा, शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पाेखरेल र पम्फा भुषालकाे व्यवस्थापन प्रचण्डका निम्ति चुनाैती नै बनेकाे छ । यी सबै नेताहरु सुरुमा सरकारमा मन्त्री बनेर जान खाेजेपछि प्रचण्डलार्इ अप्ठेराे परेकाे थियाे । […]

प्रचण्डसहित धेरै नेपाली नेताहरु किनिएको दावी

काठमाडौं, २५ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रचण्डहरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादद्वारा किनिएको बताएका छन् । जनयुद्ध र नेपालको माओवादी क्रान्तिले धक्का खाएपछि जनताका अधिकार खोसिएको भन्दै उनले सारा संसारभरीका साम्राज्यवादीहरु, विस्तारवादीहरु र देशभित्रका प्रतिक्रियावादीहरुले मिलेर क्रान्तिलाई समाप्त पारेको बताए । ‘सेना प्रहरी लगाएर जनयुद्धलाई दबाउन नसकेपछि साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरुले […]

रोमाको ठगी धन्दा बाहिरिएपछि कलाकारमाथि प्रश्न

काठमाडौं, २५ फगुन । कलाकार रोमा न्यौपाने प्रहरी खोरमा पुगेकी छन् । एक खुट्टाको भरमा नाचेर सबैको छुन सफल रोमालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । विहीबार साँझ रोमालाई काठमाडौँ प्रहरीले रोमा र श्रीमान चिरञ्जीवी न्यौपानेले आफैले खोलेर ३६ लाख ठगी गरेको उजुरी परेका हुन् । रोमाले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था […]