सामाखुसीबाट आउदै गरेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, १५ जेठ । काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल र मोटरसाइकलमा पछाडि सवार नाम नखुलेका अन्दाजी ३० वर्षकै अर्का एक पुरुष छन् […]

सरकारमा जान उपेन्द्र यादवले ओली-प्रचण्डसँग गरे यस्तो सहमति, कुन मन्त्रालय पाउदैछन् यादव ?

काठमाडौं, १४ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइन र संघीय समाजवादी फोरमबीच सरकारमा सामेल हुने विषयमा दुइ बुदेँ सहमति भएको हो। सहमतिमा अन्डरलाइनका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सहमतिको पहिलो […]

अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं, १४ जेठ । पोर्न स्टार बन्छु भन्दै अश्लील तस्वीर र भिडियो भाइरल बनाएर चर्चामा आएकी अर्चना पनेरुका पति जेल चलन भएका छन् ।अमेरिकी नागरिक रहेका अर्चनाका पति उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ । काठमाडाैं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले […]

नेपालको झण्डा बिगार्ने मुख्यमन्त्री लालबाबुको कुर्सी हल्लियो !

काठमाडौँ, १४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा दिएको अभिव्यक्ति र नेपाली झण्डा बिगारेको भन्दै विवादमा आएका मुख्यमन्त्री लालबाबु रावतलाई ठूलो झट्का लागेको छ । दुई नम्बर प्रदेशका मुख्यमन्त्री रावतलाई दिएको समर्थन नेकपा अन्डरलाइनले लिएसँगै कुर्सी हल्लिाएको हो । आइतबार नेकपा अन्डरलाइनको प्रदेशसभा बैठकबाटले समर्थन फिर्ता लिएको हो । पूर्व एमाले र […]

कृष्ण सेन दास र गुलाम संस्कृति विरुद्धका सशक्त योद्धा तथा जनपक्षीय पत्रकारिताका आदर्श

हेटौडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध […]

मध्यराति बस दुर्घटना, १८ बालबालिकासहित ४८ जनाको मृत्यु

काठमाडौं, १३ जेठ । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा […]

यसरी हत्या गरिएको थियो कृष्ण सेन इच्छुकलार्इ

२०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो –‘कृष्णलाई त मा¥यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको […]

आज इच्छुकको १६ औं स्मृति दिवस, शान्तिबाटिकाबाट प्रभातफेरी

काठमाडौं, १३ जेठ । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को आज स्मृति दिबस । सहिद सेनको सम्झनामा आज क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल र क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसाँस्कृति महासंघले संयुक्त आयोजनामा अहिले विहान ७ बजे शान्तिबाटीबाट प्रभातफेरीको आयोजना गर्दैछन् । र्याली सेनको […]

युवती लफडाले यसरी लियो प्रहरी जवानको ज्यान

काठमाडौं, १३ जेठ । युवतीलाई जिस्काएको विषयले गम्भीर रुप लिँदा पाँचथरमा एक जना प्रहरीको ज्यान गएको छ । इलाम घर भएका प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राति आत्महत्या गरेका हुन् । पाँचथर सदरमुकाम फिदिम ८ को तमाखे प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय विष्टलाई फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेको थियो । शुक्रबार […]

महान सहिद कृष्ण सेन इच्छुकका दुर्इ चर्चित कविता

जेल तिमी पर्खाल बाहिर छौ म पहराभित्र छु, तिमी पहरा बाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ शिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक प¥यो र ? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ । जहाँ जीवन बन्धनहरुभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैं […]