श्रमजीवी हीत प्रबर्द्धन समितिद्वारा न्युनतम पारिश्रमिक समितिका अध्यक्षकाे कार्यकक्ष घेराउ

काठमाडौं । सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार, कामदार÷कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आइतबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ । अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको […]

राेल्पामा गोली प्रहारबाट तरुण दलका अध्यक्षकाे निधन

सुलिचाैर २४, राेल्पा ।  सुलिचौरमा गोली प्रहार वाट तरुण दलका नगर अध्यक्षको निधन भएको छ । सुनिल स्मृती गाउपालिका ४ सुलिचौर प्रहरी चौकि देखि अगाडि रहको स्थानमा गोली प्रहार भएको थियो । उहाको छाँतिमा २ वाया कोखामा एक राउण्ड गोली लागेको थियो । उहाको घटना स्थालमै ज्यान गएको प्रत्यक्ष दर्सिहरुले जनाएका छन ।   गाउपालीका […]

प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान, सम्हाले कार्यभार

काठमाडौँ ।  कायम मुकाय प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आइतबार नेपाली सेनाको महारथी (प्रधानसेनापति) को दर्ज्यानी चिन्ह पाएका छन् ।  नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार थापालाई दज्र्यानी चिन्ह प्रदान गरेकी हुन् । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । १२ भदौमा […]

मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर ओली–प्रचण्डबीच नै मतभेद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयलाई केपी ओली र प्रचण्डबीच विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले दिन्छ । भारत […]

कालिकोटका २ वडा अध्यक्षद्वारा राजिनामा, विप्लवको पार्टीमा प्रवेश गर्ने तयारी

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको आधार इलाका मानिएको कालिकोटबाट जनप्रतिनिधिको राजनीमा सुरु भएको छ । गाउँपालिका अध्यक्षले मनपरी गरेको भन्दै कालिकोटमा दुई वडा अध्यक्षले पदबाट राजीनामा दिएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरु दुवै २०७४ वैशाख ३१ गते […]

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

नुवाकोट ।  नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । शवलाई काठमाडौँ पठाउने तयारी छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना […]

आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं ।  भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन […]

वरिष्ठ गीतकार स्व देव बज्राचार्य द्वारा रचित “एक्लै बस्दा ” गीतिएल्बम बिमोचन

२३ भाद्र,काठमाडौँ / वरिष्ठ गीतकार स्व.देव बज्राचार्य द्वारा रचित एवं प्रतिष्ठित गाएक गायिकाहरुद्वारा स्वरवद्द ” एक्लै बस्दा ” गीतिएल्बम बिमोचन भएको छ । स्व.बज्राचार्य द्वारा रचित चारदशक भन्दा अगाडिबाट संगीत पारखीहरुमा लोकप्रिय रहिरहन सकेको ” एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइ दिन्छ” लगाएतका अनगिन्ती गीतहरु रहेका छन् । शनिबार ओलम्पस क्लवको आयोजनामा बज्राचार्य द्वारा […]

पोखरामा डुंगा दुर्घटना हुँदा पाँच जना वेपत्ता चारको जिवितै उद्धार

काठमाडाैं, २३ भदाै । बेगनास तालमा डुंगा दुर्घटनामा परेकाे छ । दुर्घटनामा परी डुङ्गामा सवार पाँच जना व्यक्ति वेपत्ता भएका छन् । पोखरा लेखनाथ नगरपालिकामा रहेकाे बेगनास तालमा पल्टिएकाे डुङ्गामा दुई महिला र तीन बालबालिका रहेकाे थाहा हुन अाएकाे छ । डुंगामा ९ जना सवार रहेकाे तर दुई महिला र दुई पुरुषको उद्धार गरिएको बताइएकाे […]

दुर्घटनामा परेको अल्टिच्यूड एयरको हेलिकोप्टरबाट उछिट्टिएर बाँचेका एक व्यक्ति सम्पर्कमा आए

काठमाडाैं, २३ भदाै । दुर्घटनामा परेर वेपत्ता भएकाे अल्टिच्यूड एयरकाे हेलिकाेप्टरबाट उछिट्टिएर बाँचेका एक यात्रु टेलिफाेन सम्पर्कमा अाएका छन् । घाइते अवस्थामा रहेकाले राम्राेसँग बाेल्न समेत नसकेका उनले नेपाली सेनालार्इ टेलिफाेन गरेर अाफू उछिट्टिएर बाँचेकाे तर हेलिकाेप्टर दुर्घटनामा परी ध्वस्त भएकाे जानकारी दिएकाे बताइएकाे छ । शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरबाट एकजना मात्र यात्री […]