गुण्डा नाइके दावा लामा पक्राउ परेपछि तरुण दलले यस्तो विज्ञप्ति

काठमाडौं । गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका […]

एशिया कप छनौटमा नेपाल पहिलो जीत हात पार्न सफल

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो । नेपालका लागि बसन्त […]

८ महिने शिशुको अपहरणपछि हत्या, उच्चस्तरीय समितिले घटनाको छानविन गर्ने

महोत्तरी । महोत्तरी औरहीमा भएको आठ महिने शिशुको अपहरणपछि हत्या भएको घटना छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ । प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले शिशु हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताएका हुन्र । ‘घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही […]

अन्ततः एजेन्सीले नै पाए पर्यटकको उद्धारको जिम्मा

काठमाडौं ।  अन्ततः सरकारले पर्यटकको खोज, उद्धार र उपचारको जिम्मेवारी सम्बन्धित ट्राभल, ट्रेकिङ, एक्सपिडिसन तथा र्‍याफ्टिङ एजेन्सीलाई नै दिएको छ । रेस्क्युका नाममा हुने फर्जी उद्धार लगायतका विकृतिको अनुगमन र नियमन र नियन्त्रणको जिम्मा पर्यटन विभागलाई दिइएको छ । यसअघि पर्यटकको फर्जी उद्धारबारे छानविन गर्न बनेको समितिले पर्यटक उद्धारको जिम्मा प्रहरीलाई दिन सुझाव दिएको थियो […]

‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौं । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको भएको छ । उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । भारतीय समयअनुसार शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । लामो समयदेखि औषधिको असर देखिन छाडेपछि उनले थप उपचार गर्न इन्कार गरेका थिए […]

अमेरिकामा भएको बस दुर्घटनामा परी ८ को मृत्यु, दर्जन बढी घाइते

अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएका हुन् । लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका ड्राइभर घाइते भएका छन्, तर उनको अवस्था खतरामुक्त रहेको स्थानीय सञ्चारमा माध्यमलाई […]

आलोचकमाथि कठोर भएको भन्दै इन्टरनेशनल सोसलिस्ट युथले गर्यो नेपाल सरकारको आलोचना

काठमाडाैं । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ (आइयुएसयु) ले नेपालमा पछिल्लो समयमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरुको भर्त्सना गरेको छ। पछिल्लो समय कञ्चनपुरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाको आइयुएसयुले भर्त्सना गरेको हो। प्रदर्शनकारीहरु १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका बेला गोली चलेको हो। नेपाल विद्यार्थी […]

भारतीय सेनाद्वारा एक नेपालीको हत्या, गोली प्रहारबाट एक घाइते

काठमाडौं । सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि उनको परिवार अझै त्रसित छ । सीमा नजिक बसोबास भएकाले भारतीय सुरक्षाकर्मीले चन्दलाई पुनः आक्रमण गर्ने हो कि भन्ने परिवारको आशंका छ । भदौ ५ गते जंगलमा माछा मार्न […]

जाँदाजाँदै मोदीले पाए लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । शुक्रबार पशुपतिनाथ क्षेत्रमा नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मोदीलाई छिटै लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । लुम्बिनी भ्रमणको निम्तोसँगै ओलीले मोदीलाई बुद्धिष्ट सर्किटमा साथ र समर्थन दिन पनि आग्रह गरेका छन् । लुम्बिनी बुद्धधर्मको मुहान […]

मोदी काठमाडौमा आए लगत्तै राहुल गान्धी पनि आए नेपाल, होटल र्‍याडिसनमा राहुलको रात्री

काठमाडौँ, १६ भदौ । भारतमा यतिबेला दुर्इजना व्यक्ति अामने सामनेकाे लडाइँमा छन । हरेक दिन दुर्इजनाकाे बीच घाेचपेच हुन्छ वा उनीहरुकाे नाम लिइन्छ भारतभर । सन् २०१९ काे चुनावकाे दाैडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी याे मैदानमा नेतृत्व गरिरहेका छन् । र यिनकै नेतृत्वमा दुर्इ ब्लकबीच धेरै घाेचपेच चलिरहेकाे […]