घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ। उक्त दिन सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ। […]

आज निर्वाचन आयोग जाँदै कांग्रेसको विशेष महाधिवेशन पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार ललितपुरको कुपन्डोलमा बस्ने भएको हो । बैठक केहीबेरमा बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ । नेपाली कांग्रेसले […]

इरानको चेतावनीपछि अमेरिकाले फिर्ता बोलाउन थाल्यो मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी

एजेन्सी । इरानले सैन्य आक्रमण गरे अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्नो मुख्य मुख्य सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ। इरानमा चर्केको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सैन्य हमलाको चेतावनी दिँदै आएकोमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डालाई निशाना बनाउने चेतावनी […]

सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर ।माघे संक्रान्तिको दिन एकाबिहानै सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार विराटनगरबाट […]

नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने […]

सर्वसम्मत सभापति चुनिएपछि गगन थापाले के भने ?

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए। थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर […]

कांग्रेस विभाजित : मध्यरातमा गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश बने उपसभापति

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । […]

सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा जारी छलफलमा पुगे गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । तर नेताहरूका अनुसार, सहमतिमा नै केन्द्रीय कार्यसमिति घोषणा गर्नेगरी तयारी अघि बढेको छ । स्रोतका अनुसार अहिले कमलपोखरीस्थित एक होटलमा नेताहरू आन्तरिक छलफलमा छन् । एक नेताले दिएको जानकारी अनुसार, सोही छलफलमा महामन्त्री गगन कुमार थापा पनि पुगेका छन् । उक्त छलफलमा प्रदीप पौडेल, […]

रवि विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने निर्णय (पूर्णपाठ)

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार ती मुद्दाहरूको अभियोगपत्र संशोधनका लागि सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन् । कार्यालयको आदेशमा भनिएको छ,‘ […]

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको […]