एजेन्सी । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव […]
समाज
त्रिशुली नदीमा अर्को यात्रुबस खसेर वेपत्ता
धादिङ, ११ कार्तिक । त्रिशुली नदीमा यात्रुवाहक बस खसेर वेपत्ता भएकाे छ । सप्तरीकाे सदरमुकाम राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस शनिबार बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको हाे । खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेकाे हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले बिहान अँध्यारोमै गाडी नदीमा खसेकाे खबर […]
छठका लागि सरकारले दियाे बिहीबार र शुक्रबार दुर्इ दिन विदा
काठमाडौं, ९ कार्तिक । गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ । छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला सरकारले थप एक दिन बिदा दिएको हो । सरकारले आज पनि छठको अवसरमा सार्वजनिक […]
सञ्चार मन्त्रालयमा गुरुङलाई हटाएर अधिकारीलाई अधिकार
काठमाडौँ, ८ कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सरकारले केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको हो । नवनियुक्त सचिव अधिकारीले बुधवार पदभार ग्रहण गरेका छन् । मन्त्रालयले बुधवार सचिव अधिकारीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनले आफ्नो कार्यकालमा सूचना प्रविधिको सुविधालाई जनतासम्म पहुँच पु¥याउन नीति निर्माणमा […]
यसरी बिक्री हुन्छन भन्सार कर्मचारी
काठमाडाैं, ७ कार्तिक । १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । […]
मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने । सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली […]
भुकम्पका अढाई बर्षमा ४ सिईओ फेरिए ९२ प्रतिशत पीडित टहरामै
काठमाडाैं, ७ कार्तिक । महाभुकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुनिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल । भुकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आईतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् । […]
पिएसजीमा नेयमारले पाए पहिलाे रेड कार्ड
काठमाडाै । बार्सिलाेनाबाट कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा गएका नेयमारले पहिलाे रेड कार्ड पाएका छन् । अाइतबार राती मार्से विरुद्धकाे खेलमा नेयमारले राताे कार्ड पाएका हुन् । फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति पिएसजी र मार्सेबीच खेल भएकाे थियाे । उक्त खेल बराबरीमा टुङ्गिएकाे छ । राताे कार्ड पाएर नेयमार बाहिरिएसँगै हारकाे […]
राष्ट्रसंघ दिवसमा ललिपुरमा ज्यापु म्यूजियम फिस्टा सुरु हुने
ललितपुर, ६ कार्तिक । ललितपुरलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा अझै विकास गर्न ज्यापू समाजले तीन दिने महोत्सव गर्ने भएको छ । ज्यापु म्यूजियम फेस्टा नाम दिइएको उक्त महोत्सव यही कार्तिक ७ गतेदेखि सुरु भएर ९ गतेसम्म हुने भएको छ । ज्यापु समाज ललितपुरले आइतबार ज्यापु प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो […]
कोठाको भित्तामा लगाइएको रङका कारण यस्तो खतरानाक क्यान्सर हुन्छ
काठमाडौँ, ६ कात्तिक । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गरेका रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा)को मात्रा प्रयोग गरिएको हुन्छ । घर तथा […]











