हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको परमादेश, कुलमानलाई धक्का

काठमाडौं । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ । घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए । उक्त रिटउपर […]

जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको निष्कर्ष

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ । भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार […]

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको […]

क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । आइतबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान […]

५ पूर्वमन्त्रीसहित ५५ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दा दर्ताका लागि रुजु गरिँदै, ८ अर्ब बिगो

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएकाे निष्कर्षपछि अख्तियारले ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न विशेष अदालतमा अभियोगपत्र बुझाउँदै छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएका अनियमितताकाे छानबिन पूरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ। भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियारको […]

ओली कुटीको ‘नक्सा’लाई लिएर शिक्षामन्त्री पुनले गरे कटाक्ष

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका छन्। उनले हाकिमले दुई जना […]

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४.६ म्याग्निच्युड मापन गरिएको छ । हालसम्म भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पको […]

धादिङको दुर्घटनामा परेका थिए ७० जना, दुईको मृत्यु, सबैको नामलिस्टसहित

काठमाडौँ । पृथ्विलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबनार भएको भीषण सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ।  जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार राति घाइतेहरूको विवरण संकलन गर्दा उक्त दुर्घटनामा विभिन्न सवारी साधनका ७० यात्रु परेक इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्। काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल […]

धादिङको चालिसेमा ६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अुनसार, एउटा डिब्बा गाडीको ब्रेक फेल भएर दुर्घटना […]

कान्ति लोकमार्ग मर्मतका लागि आजदेखि ६० दिनसम्म दिउँसो बन्द हुने

आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति लोकमार्ग बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ। आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। […]