काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेँडा (लोकल र भारतीय) ४४ रुपैयाँ र तराईको सानो गोलभेँडा ४८ रुपैयाँ तोकिएको छ। आलु रातो (नेपाली र भारतीय) प्रतिकिलो २४ रुपैयाँ […]
समाज
आज आंशिक बदलीसँगै वर्षा र हिमपातको संकेत
काठमाडौं । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ। यस्तै, कोशी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ। […]
आज वैशाख कृष्ण औँसीः आमाप्रतिको सम्मान र भावनाको अभिव्यक्तिको दिन
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । यसदिन बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालीन संस्थापक नेता रेसम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुसालको […]
नागरिकको राहदानीमा ‘शर्त’ लेख्ने कर्मचारीमाथि अध्यागमन विभागले सुरु गर्यो कारबाही प्रक्रिया
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विभागका निर्देशक […]
दाइजो लिनु–दिनुमात्रै नभइ त्यसमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि दण्डनीय : उपसभामुख
काठमाडौं । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताएकी छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी हुन् । ‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी […]
अमेरिका-इरान शान्ति वार्ताको पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदीमा, सेना प्रमुख इरानमा
जेद्दाह । अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् । गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको […]
नेपालमा २ वायुको आंशिक प्रभाव : पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ। आज बिहीबारको मौसमको […]
ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्ने अधिकारमा अंकुश लगाउने प्रस्ताव अमेरिकी सदनमा पुनः विफल
वासिङ्टन डीसी। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध युद्ध गर्ने अधिकारमा अंकुश लगाउने उद्देश्यले ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटमा चौथो पटक पनि असफल भएको छ। यो प्रस्ताव पारित भएको भए संसदको पूर्वस्वीकृति बिना इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य कारबाही अगाडि बढाउन बन्देज लाग्ने थियो। रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटमा मतदान हुँदा प्रस्तावको विपक्षमा ५२ र पक्षमा ४७ मत […]
आजदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई […]










