इरानले भन्यो- अमेरिकाको भर छैन, अवस्था बिग्रन सक्छ

काठमाडौं । इरान र अमेरिकाबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गर्दै होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरू निस्कन नपाए अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान नदिने चेतावनी दिएको छ। शनिबार इरानले होर्मुज स्ट्रेट पुनः बन्द गर्नुका साथै भारतीय जहाजमाथि समेत गोली चलाएको थियो । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप सङ्कट निम्त्याउने […]

डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो । डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले बताए । पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा […]

होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग बन्द गरेर वासिङ्टनलाई ‘ब्ल्याकमेल’ नगर्न इरानलाई चेतावनी दिएका छन् ।ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् । “हामी उनीहरूसँग कुरा गरिरहेका छौँ । उनीहरू फेरि जलमार्ग बन्द गर्न चाहन्छन् । यो उनीहरूले वर्षौंदेखि गर्दै आएका छन्, तर उनीहरूले हामीलाई ब्ल्याकमेल गर्न सक्दैनन् […]

अस्पतालबाट डिस्चार्ज भए एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। केही दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको पित्तथैलीको शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूको निगरानीमा आवश्यक उपचार र स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको र घरमै आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। त्रिवि […]

सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ । मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको […]

पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, […]

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। हेटौंडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ । दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक […]

इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्य र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ । म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ । विमानमा एक जना मलेसियाली […]