बुटवलमा स्कुटर दुर्घटना : २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजेतिर […]

नेपालमा तीन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, […]

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका माननीय न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो । गोल्छाकी पत्नी सीमा गोल्छाले दायर […]

यो वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

काठमाडौँ । यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो । नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो । कुन क्षेत्रमा कति […]

पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको असर : आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। साथै गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी परिरहेको […]

भक्तपुरमा हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदै

भक्तपुर । भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदैछ । गठ्ठाघरस्थित जर्मन होम्स होटलमा हुने एक्स्पो अन्तराष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ । आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलले एक्स्पोको प्रमुख आकर्षणका रूपमा भारतका चर्चित हेयर आर्टिस्ट जावेद हबिबको विशेष उपस्थिति र प्रशिक्षण रहने […]

पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

यस्ता छन् सरकारले देखेका आर्थिक रूपान्तरणको लागि ११ बहुआयामिक अवसर

काठमाडौँ । अर्थ मन्त्रालयले मुलुकको आर्थिक रूपान्तरणका लागि ११ वटा बहुआयामिक अवसरहरू पहिचान गरेको छ। अर्थले वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै ११ वटा अवसर पहिचन गरेको हो। यस्ता छन् अर्थले देखेका ११ अवसर १. सुशासन र लगानीमैत्री वातावरण स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत निजी क्षेत्रको विश्वास अभिवृद्धि गरी स्वदेशी तथा विदेशी […]

सुकुम्बासीहरूको आवास अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै रिट दर्ता

काठमाडौँ । देशभरका सुकुम्बासीहरूको आवासको अधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भूमिहीन र सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिएको भन्दै त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गराएका हुन् । उक्त रिट निवेदनको प्रारम्भिक सुनुवाइ वैशाख १५ गतेका लागि पेसी तोकिएको छ […]

सुनको मूल्य फेरी प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय […]