रातो मच्छिन्द्रनाथ जात्रामा तानिने रथका लागि यसरी गरिदैछ काठको जोहो

ललितपुर, ३ पुस । बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ । कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा जङ्गलमा सजिलै नपाइने हुँदा अहिलेदेखि नै आवश्यक सामग्रीको जोहो शुरु भएको हो । जात्राका लागि काठ, बेत र डोरी चाहिने गुठी संस्थान ललितपुरले जनाएको […]

सात गाउँले जात्राको महत्व बढ्दै

काठमाडौँ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने उपत्यकाको सात गाउँ जात्रामा विभिन्न देवदेवीको पूजासहित जात्रा मनाइँदै छ । उक्त जात्रामा सतुङ्गल, नैकाप, मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुरका स्थानीयवासी सहभागी भई विधिपूर्वक पूजा र जात्रा गरिन्छ । गत शुक्रबारदेखि शुरु भएको जात्रा एक सातासम्म चल्नेछ । प्रत्येक वर्ष एकपटक सात गाउँभित्र […]

विदेशबाट फर्केर देशमै सुन फलाइरहेका युवाहरुका कथा

विदुर, १ पुस । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहेका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण जिम्मेवारी […]

स्वस्थानीको लावण्य देशमा पर्यटन फस्टाउँदै

काठमाडौँ, १ पुस । श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शङ्खरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो । काठमाडौँको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा […]

स्कूलमा नि:शुल्क खाजा दिन थालिएपछि पढ्ने बालबालिका ह्वात्तै बढे

बागलुङ, १ पुस । बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको बालविकास केन्द्रले जनाएको छ […]

निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गरे । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय भएका थिए भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितमा २८ निबन्धकारबीच प्रतिस्पर्धा भएको थियो । […]

महर्जनलाई पाए विश्व शारीरिक सुगठनमा स्वर्ण पदक

काठमाडौँ, १ पुस । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन […]

फेरि भेटियो ३३ किलो सुन, २ जना पक्राउ

काठमाडाैं । भारतको कोलकतामा ३३ किलो सुन सहित दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो भारतको कोलकताबाट उनीहरुको कारबाट सुन बरामद गरि पक्राउ गरिएको स्रोतले जनाएको छ । उक्त सुन गत वर्षको माघ अन्तिम सातामा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको […]

घ्याङडाँडामा ४५ यात्रु चढेको ट्रक दुर्घटनामा पर्दा १७ जनाको मृत्यु

नुवाकोट, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बा३ख ३९१३ नम्बरको आइसर ट्रक दुर्घटना हुँदा घाइते भएका १५ जनालाई उद्दार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए। १७ जनाको […]

कम्पनी रजिस्टार कार्यालयमा र्इ-पेमेन्ट सुरु, अब घरबाटै कम्पनीका सबै काम गर्न सकिने

काठमाडाैं । कम्पनी रजिस्ट्रारको कार्यालयले विभिन्न शुल्क तथा दण्ड जरिवानावापतको रकम अनलाइनमार्फत तिर्ने प्रणाली सुरु गरेको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न लाग्ने सेवाग्राहीको शुल्क अनलाइनमार्फत तिर्दै ई–पेमेन्ट प्रणालीको शुभारम्भ गरे । ई–पेमेन्ट प्रणालीको सुरुवात गर्दै यादवले विश्वको जुनसुकै कुनाबाट पनि कम्पनीको कामका लागि लाग्ने शुल्क […]