सरकारी कार्यालयको उदासिनता बढ्दो, जिशिका जाजरकोटको वेवसाइटमा खुल्छ धुलिखेल नगरपालिका

जाजरकोट, ७ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो अवस्थामा छ भन्ने थाहा छैन । जिशिका जाजरकोटको वेवसाइट www.deojajarkot.gov.np ब्राउजरमा खोल्दा धुलिखेल नगरपालिका खुल्छ । जाजरकोटका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख तथा जिल्ला शिक्षा अधिकारी सुदिनराज बुढाथोकी जनशक्ति नभएका कारण वेवसाइट हेर्न […]

दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी

दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]

गुडिरहेको मिनीट्रकबाट खस्दा एकको मृत्यु

भक्तपुर, ७ पुस । गुडिरहेको मिनीट्रकबाट खसेर आज सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई […]

रेडियो कर्णालीमा नेकपा आवद्ध भण्डारीको समूहले गर्यो सांघातिक आक्रमण, आक्रमणबाट ठूलो क्षति, रेडियो बन्द

हुम्ला । सदरमुकाम सिमकोटस्थित रेडियो कर्णाली अवाजमाथि आक्रमण भएको छ । नियमित प्रसारणमा रहेको रेडियोमा शुक्रबार राती ९ बजे आक्रमण भएको हो । हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचना टोलमा रहेको रेडियोमाथि अत्याधिक मदिरा सेवन गरी उज्जवल भनिने बाँचबहादुर भण्डारीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । उनी सिमकोट गाउँपालिका–१ ठेहे निवासी भण्डारी आफै रेडियोको […]

यसरी मनाए टोखामा सांस्कृतिक जागरण सहित परम्परागत त्यछिंत्यः पर्व – ( फोटो फिच र, भिडियो )

            काठमाडौँ उपत्यकाको उत्तर तिरको नेवार समुदाय पुरानो बस्ति ‘‘सांस्कृतिक संरक्षित क्षेत्र ” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला”सम्पन्न भएको छ । उपत्यका लगाएत नेवार समाजमा धार्मिक ,सामाजिक ,राजनैतिक ,साँस्कृतिक र प्राकृतिकलगाएत विविध प्रकारबात मनाउदै आइरहेको पर्व मध्ये धान्यपुर्णिमा ” य;मरि पुन्ही ” प्राकृतिक पर्व हो । प्रत्यक बर्ष थिलाथ्वो पुर्णिमाका दिन बिषेस […]

फेसबुकबाट प्रेम नगर्न अाग्रह

एजेन्सी । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल […]

ललितपुरका डान्सबारबाट तीनसय बालबालिकाको उद्धार

गोदावरी । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ । ‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक […]

आज उधौली, योमरी पूर्णिमा र धान्य पूर्णिमा मनाइँदै

काठमाडौँ, ७ पुस । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस […]

तीन हजार आँखाका बिरामीको शल्यक्रिया

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा […]

दोस्रो नेपाल आइडल बनेका रवि ओडको म्यादी प्रहरीदेखि आइडलसम्मको संघर्षशील यात्रा

काठमाडाैं । शुक्रबार ललितपुरमा सम्पन्न भएकाे नेपाल अाइडल सिजन २ काे फाइनल प्रतिस्पर्धाबाट विजेता बनेका रवि अाेडकाे जीवन निकै राेचक र संघर्षमय छ । देउडा संस्कृतिकाे ठूलाे प्रभाव रहेकाे सुदूरपश्चिमबाट नेपाल अाइडलकाे प्रतिस्पर्धामा फरक बनाउन सफल भएका रवि कन्चनपुरकाे एक गरिव दलित परिवारमा जन्मेका हुन् ।  नेपाल अाइडलमा लाेक प्याटर्नमा उत्कृष्ट प्रस्तुति दिएका रवि अाधुनिक […]