असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ। काठमाडौँ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ। यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग […]

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै […]

भारतीय तस्कर समूहद्वारा कञ्चनपुरको सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुर, ५असोज । कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई आक्रमण गरेको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्दा सशस्त्र प्रहरीका तीन जना जवानविरुद्ध आक्रमण भएको हो। सोमबार राति नेपाल–भारत सीमामा ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवान कुटिएका हुन्। ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यही क्रममा एक […]

देवराज इन्द्रलाइ छाड्न बाँढीएको किल्ला उखेल्दा बनेको ‘ येँकिँ दह ’ इन्द्रदहको धार्मिक महत्व यस्तो छ

  काठमाडौँ। नेपाल भाषामा ‘ येँ ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘ किँ ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘ येँकिँ दह ’ इन्द्रदहमा भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा […]

भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    भक्तपुर –  भक्तपुर सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता […]

लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

बुटवल, ३ असोज । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको […]

मार्तडी र कोल्टी डिपोमा चाल सकियो

बाजुरा, २ असोज । चामल सकिँदा बाजुरा सदरमुकामस्थित मार्तडी डिपो सूचना टाँस गरेर बन्द गरिएको छ । पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न वितरण गर्दै आएको कोल्टी डिपोसमेत एक महिना अगाडीबाट विक्री बन्द रहेको छ । साँफे-मार्तडी सडक खण्ड र मार्तडी-कोल्टी सडक खण्ड वर्षादले भत्काएको दुई महिनासम्म पनि सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको कोल्टी शाखाले […]

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

काठमाडौं, २ असोज । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले […]

टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु

भक्तपुर, २ असोज । भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप यमःद्यो ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरका टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ । इन्द्रजात्रा सुरूवातको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ। जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका ईताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, […]

कालोपत्रे सडक भन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै

रसुवा, २ असोज । रसुवामा कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडकभन्दा ढलान सडक बढी टिकाउ बन्दै गएको पाइएको हो । सडक डिभिजन कार्यालय नुवाकोटले कालोपत्रे सडक टिकाउ नभएपछि अघिल्लो वर्षदेखि सडकमा सिमेन्टेड (ढलान) सुरु गरेको थियो […]