डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते

डोल्पा । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो । बाढीमा परेर घाइते […]

चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनकाे चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो । हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।‌ आज दिउँसो देशका […]

धनगढीबाट बैतडी जाँदै गरेको बस दुर्घटनाग्रस्त, चार गम्भीरसहित २० घाइते

धनगढी । बैतडीमा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ३ः३० बजे धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ख ३९६३ नम्बरको सुदूरपश्चिम यातायातको बस पाटन नगरपालिका–९ गैराखानस्थित दशरथचन्द राजमार्गबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको […]

वैदेशिक रोजगारी ठगी गर्नेविरुद्ध विभागको कडा कदम, म्यानपावर कम्पनी पनि निगरानीमा

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जना फरार अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ८ जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराइएको छ। फरार रहेका अन्य १९ […]

राहदानी नवीकरण गर्न जाँदा खुल्यो दोहोरो नागरिकताको रहस्य

धनकुटा । फरक–फरक जन्ममिति उल्लेख गरी दुई वटा नेपाली नागरिकता र राहदानी बनाएको आरोपमा धनकुटामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार काफ्लेले एउटै […]

अनुदानको मल कालोबजारी, ३२० बोरासहित सहकारीका सचिव पक्राउ

गुल्मी । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा गुल्मी प्रहरीले एक सहकारीका सचिवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डेलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गर्नुपर्ने युरिया र डीएपी मल […]

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय […]

वर्षाका कारण मेलम्ची प्रभावित, उपत्यकामा खानेपानी आपूर्ति बन्द

काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा काठमाडौँ उपत्यकामा भइरहेको मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानी अत्यधिक धमिलो बनेपछि प्रशोधन प्रक्रिया प्रभावित भएको हो। त्यसपछि मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह अस्थायी रूपमा […]

बर्डफ्लु नियन्त्रणमा उच्च सतर्कता: ७ लाख पन्छी नष्ट, संक्रमित बिक्री गरे कारबाही

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको हो। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु संक्रमित पन्छी वा पन्छीजन्य उत्पादन बिक्री गरेको पुष्टि भए […]