नयाँघर पाउँदा आगलागी पीडित हर्षित

रारा, मुगु, २ मङ्सिर । एक वर्षदेखि त्रिपालमा बस्दै आएका मुगुमकार्मारोङ्ग गाँउपालिका–४ किम्री गाउँका १९ घरधुरीका आगलागी पीडितलाई नयाँ घर हस्तान्तरण गरिएपछि उनीहरुको मुहारमा खुशी फर्किएको छ । किम्री गाउँका ५३ घरधुरीमध्ये १९ घरमा अघिल्लो वर्ष वैशाख २० गते भएको आगलागीबाट घरसहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । एक वर्षसम्म खुला आकाशमुनि […]

अवरुद्ध विद्युत् सेवा सञ्चालन

डोटी, २ मङ्सिर । अवरुद्ध भएको विद्युत् सेवा आइतबार बिहानदेखि सञ्चालन भएको छ । दार्चुलामा रहेको चमेलिया जलविद्युत्ले डोटीको बुडरमा तीनवटा विद्युत् टावर मर्मत गर्न थालेकाले यहाँका सातवटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत् सेवा अवरुद्ध भएको थियो । अवरुद्ध भएको विद्युत् सेवा आजदेखि सञ्चालन भएको हो । विद्युत् सेवा […]

हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु

सुरुङ्गा, २ मङ्सिर । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको […]

नहर निर्माणको हट्यो अवरोध

बाँके, २ मङ्सिर । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो । लामो समयदेखि विवादित हुँदै आएको उक्त क्षेत्रमा पूर्वनिर्धारित योजना मुताबिक नहर निर्माण गर्ने सहमति […]

उत्पादन बढाउन समूहमा आलु लगाउँदै कृषक

बेझाड, २ मङ्सिर । आलु खेतीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पा रामपुरका कृषक सामूहिक आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर आलु लगाउन शुरु गरेका हुन् । रामपुर नगरपालिका–६ मा रहेका कृषि समूहका सदस्यहरु यतिबेला आलु लगाउने कार्यमा व्यस्त छन् । तालपोखरा कृषक समूहले […]

गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार

बनियानी, २ मङ्सिर । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् ।बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका […]

औद्योगिक क्षेत्रका लागि अझै जग्गाको टुङ्गो लागेन

सुर्खेत, २ मङ्सिर । जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सङ्घीय सरकारको सहयोगमा सुर्खेतमा स्थापना हुने प्रादेशिक औद्योगिक क्षेत्रका लागि पुनः नयाँ स्थानका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गर्न लागिएको हो । गत आर्थिक वर्ष २०७५/७६ देखि […]

प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँ तथा ठाउँमा हाइकिङ गरिँदै

पोखरा, २ मङ्सिर । हाइकिङका माध्यमबाट विभिन्न पर्यटकीयस्थलको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो आठौँ संस्करणको हाइकिङमार्फत पर्यटकीय स्थल मट्टिखानको प्रवद्र्धन गरेको छ । पोखरा महानगरपालिका–२१ मा रहेको मट्टिखान क्षेत्रका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ आठौं संस्करणको हाइकिङ मट्टिखान क्षेत्रमा गरिएको हाइकिङका संयोजक कृष्ण रानाभाटले जानकारी दिए । प्रत्येक महिनाको अन्तिम शनिबार […]

प्लान्ट क्वारेन्टाइनको अवरोधले एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै भएन

बाँके, २ मङ्सिर । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६ असोज १४ गते राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका जडीबुटीको निकासी खुल्ने […]

नेपालमा पनि मनाइयो विश्व सम्झना दिवस

बनेपा, २ मङ्सिर । जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको […]