सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास […]

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, […]

कालीमाटी भित्रिएको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]

गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरूङले चलाए सामाजिक सञ्जालमा अभियान

काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् । स्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् […]

आजको मौसम : यी दुई प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका […]

कैलाली जिल्ला अदालत आगजनी गरेको आरोपमा तीन युवा पक्राउ

धनगढी । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल […]

सशस्त्रमा ३ डीआईजीको दरबन्दी थप, दंगा नियन्त्रणका लागि छुट्टै गण

काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको एक मन्त्रीले बताए । थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् । यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । योसँगै अब सशस्त्रमा […]

सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र हो : जेनजी मधेश संयोजक

काठमाडौं। बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् । उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् । जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो […]

४.९८ अंकले घट्यो सेयर बजार, ८ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य […]

कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन जारी

काठमाडौँ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई अवज्ञा गर्दै बाराको सिमरामा युवाहरूले विरोध प्रदर्शनजारी राखेका छन्। नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बढ्दो तनावका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो। आदेश अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ–बायाँ ५ सय […]