नदीजन्य वस्तु तस्करी रोक्न गएका धनुषाका युवकको टिपरले किचेर ‘हत्या’

जनकपुरधाम, २५ पुस । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार […]

आजदेखि श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि शुरु गरेर माघ शुक्ल पूर्णिमासम्मको अवधिमा श्रीस्वस्थानी माताको व्रत बस्ने गरिन्छ । पौष शुक्लपूर्णिमाका दिन नुहाइधुवाई गरी […]

लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा

काठमाडौँ, २४ पुस । सवारीचालक अनुमतिपत्र लाइसेन्सका लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ । हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको […]

माघ ३ गते सातै प्रदेशबाट ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ थाल्दै समाजवादी

काठमाडौं, २४ पुस। समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान विसु अभियान २०२० सञ्चालन गर्ने भएको छ । समाजवादी पार्टीका सहअध्यक्ष तथा विसु अभियानका संयोजक राजेन्द्र श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ […]

हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

डोटी, २४ पुुुुुुुुुुस । मङ्गलबार देखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन […]

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा

काठमाडौँ, २४ पुस  । लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार […]

भोलिबाट मौसममा सुधार आउने, लगत्तै सोमबारबाट पानी पर्ने पूर्वानुमान

काठमाडौं, २४ पुस । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई […]

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग, प्राधिकरणलाई जटिलता पैदा भएपछि, कुलमान आफैं कार्यस्थलमा खटिए !

काठमाडौँ, २३ पुस । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप ज’टिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ । विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक […]

व्यापारीको अपहरणपछि हत्या गर्ने बाबुलाई २० र छोरीलाई १० वर्ष कैद सजाय

दाङ, २३ पुस । दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु छोरीसहित आठ जना कारागार चलान भएका छन्। जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ। घटना भएको […]

आज र भोलि काठमाण्डौसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

काठमाण्डौँ, २३ पुस। बुधबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार अहिले धुम्मिएको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित […]