नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]

आज गाईजात्रा मनाइँदै

काठमाडौं । आज नेपालभर गाईजात्रा पर्व मनाइँदैछ। विशेषगरी काठमाडौं उपत्यकामा यो दिन सार्वजनिक बिदा दिइएको छ। गाईजात्राको परम्परा विक्रम संवत् १६४१–१६६४ मा राजा प्रताप मल्लका पालादेखि सुरु भएको मानिन्छ। ऐतिहासिक तथ्य अनुसार तत्कालीन राजा प्रताप मल्लले आफ्नो नाबालक छोरा गुमाएपछि महारानी गहिरो शोकमा डुब्दै गइन्। महारानीलाई सान्त्वना दिनका लागि उनले उपत्यकाका प्रजाहरूलाई मान्छे मरेको घरबाट […]

सवा करोड खर्चेर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ), नेपालय इन्टरनेशनल र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले संयुक्त रूपमा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ आयोजना गर्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी जिल्ला छनोट भदौ २० गते, प्रदेश छनोट कार्तिक १६–२३ र केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मङ्सिर ५–७ मा काठमाडौंमा हुने कार्यतालिका प्रस्तुत […]

अग्नी साकोस पीडितलाई उजुरी गर्न ७ दिने सूचना सार्वजनिक

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालय धुलिखेलले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। जारी सूचनामा उल्लेख गरिएअनुसार, सहकारीका बचतकर्ताहरूले विभिन्न मितिमा नगद रकम जम्मा गरेपश्चात संस्थाका पदाधिकारीहरूमाथि ठगी अभियोगमा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा जाहेरी समेत दर्ता भइसकेको र केही […]

आजको मौसम – कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्र केछ ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। […]

सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]

निर्मला पन्तको घटना नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान थाल्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन्। आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा उनले भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुक्ष्म रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। ‘निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल […]

महाराजगञ्जमा बर्थडे केक काट्दै गरेका चक्रे मिलन पक्राउ

काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको […]

तोलामा ८०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो । जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य […]

प्रधानमन्त्री भारत भ्रमणमा जाने भएपछि सर्‍यो ‘पावर समिट’

KP sharma oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका कारण स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गर्ने ऊर्जा सम्मेलन मिति परिवर्तन भएको छ । यसअघि इप्पानले १ र २ असोज २०८२ मा पावर समिट आयोजना गर्ने निर्णय गरेको थियो । सोही बेला प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको र उक्त भ्रमणमा इप्पान पदाधिकारीको समेत […]