काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय […]
राजनीति
न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त
काठमाडौ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्। राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएसंगै सो मन्त्रालयको जिम्मेवारी एमाले सांसद न्यौपानेलाई दिइएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) अनुसार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी […]
अबदेखि एमालेको सदस्यता लिन अनिवार्य परीक्षा दिनुपर्ने
काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो । ‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत […]
अन्तत: घुस डिल अडिओमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा
काठमाडौँ । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए। ‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब […]
७८ लाख घुस काण्डमा मुछिएका मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती विधेयक प्रस्तुत गर्ने
काठमाडौँ । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राष्ट्रियसभाको बैठकमा निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने भएका छन् । मन्त्री गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल […]
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौँ। आज सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन […]
जनपक्षीय शिक्षा ऐनको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन, ९ नेता–कार्यकर्ता गिरफ्तार
काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा साेमबार विद्यार्थीहरूले पाेशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले उपाध्यक्षसहित ९ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग […]
दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूले मिलोमतो गरेर संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाउने प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ […]
हाल देखिएको अवस्था ‘संसदीय इतिहासको कालो समय’ – राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल देखिएको अवस्थालाई ‘संसदीय इतिहासको कालो समय’ भनेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भिजिट भिसा प्रकरण छानबिन माग गर्दै आइरहेका दलहरूको माग सुनुवाइ नगरेर संसद् सञ्चालन गरिहेकोमा आपत्ति जनाएका छन् । ‘यो संसदीय इतिहासकै कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण पार्टीहरूले डेढ […]
संसदमा प्रचण्डको सम्बोधन : अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भयो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको समेत बताए । प्रचण्डले भने, “तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, […]









