
काठमाडौ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन्।
राजकुमार गुप्ताको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएसंगै सो मन्त्रालयको जिम्मेवारी एमाले सांसद न्यौपानेलाई दिइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) अनुसार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा भट्टराईले न्यौपानेलाई मन्त्री नियुक्त गरेको पुष्टि गरेकी छन् ।







