प्रदर्शनी मार्ग कब्जा गरेर नेकपाले गर्यो विशाल जनसभा

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे । बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । […]

सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]

डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न

डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने […]

सिके राउतप्रति डिएसपी दानबहादुर यति किन अनुग्रही, हिरासतमै चाकडी देखेर अरु प्रहरी नै छक्क

काठमाडौं, ४ मंसिर । स्वतन्त्र मधेशको नाममा ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउत प्रहरी अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । देश द्रोहीको मुद्दामा राउतमाथि अनुसन्धान भईरहेको छ । देश द्रोही जस्तो जघन्य अपराधमा अनुसन्धान भईरहेको आरोपितलाई दरबारमार्ग प्रहरीले भने ज्वाईसरी पालेको छ । सार्वजनिक अपराधका आरोपितलाई भेटघाटमा […]

यातायातको बदनाम कोठा नम्बर १२ मा यसरी हुन्छ दिनदहाडै हाकाहाकी घुसको लेनदेन

काठमाडौं, ४ मंसिर । टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’ त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल […]

संसदीय व्यवस्थाको बिकल्प नखोजी राजनीतिक समस्या समाधान नहुनेमा जोड

काठमाडाैं, ३० कार्तिक । राजधानीमा अायाेजित एक कार्यक्रममा मानवअधिकारकर्मी, अधिवक्ता तथा नागरिक समाजका अगुवाहरुले राजनीतिक द्वन्द्वकाे समाधानका लागि व्यवस्थाकाे साँचाे फेर्ने कुरामा बहस सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जनअधिकार अभियान नेपालले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै साे विचार व्यक्त गरिएकाे हाे । वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार विषयक अन्तरक्रियामा बाेल्ने […]

नेपाल वायु सेवा निगम टाट उल्टिने चरणमा, ३९ अर्ब ऋण, अझै ऋणको खोजी

थप ऋण नपाए ताला लाग्ने अवस्था निगम ताला लाग्ने अवस्थामा काठमाडौं, २९ कार्तिक । राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगम इतिहासकै सबैभन्दा ठूलाे संकटमा उभिएकाे छ । पछिल्लो समय थप गरिएका वाइडबडीका कारण ऋण भार थपिएको र त्योसँगै तिर्नुपर्ने ब्याज दायित्वका कारण निगम अत्यन्तै संकटमा उभिएकाे हाे । ठूलाे संकटमा फसेपछि नेपाल एयरलाइन्सले सरकारसँग […]

यसरी भयाे सांसदहरुबीच कुटाकुट

काठमाडाैं । श्रीलंकाका सांसदहरूबीच कुटाकुट भएको छ। बिहीबार बिहान बसेको संसद बैठकमा दुई पक्षका सांसदबीच कुटाकुट भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सेता लुगा लगाएका सांसदहरू रोस्टममा आएर एकअर्कालाई धकेलाधकेल गरिरहेका देखिन्छन्। केहीबेरमा उनीहरूले मुक्का प्रहार गर्छन्। त्यहीबेला भुइँमा लडेका सांसदलाई विपक्षी सांसदले लात्ताले हान्छन्। कुटाकुटमा परी घाइते भएका एक जना सांसद दीलिप अमुनुगामालाई […]

इन्धनको खपत आधा घटाउने गफ दिँदै केपी ओलीले उदघाटन गरेका बिजुली बस पुल्चोकमै थन्किए

काठमाडौँ, २७ कार्तिक । धेरैले टिप्पणी गर्छन प्रधानमन्त्री केपी शर्मा अाेली कामभन्दा गफ बढी गर्छन । सर्वसाधारणका यस्तै टिप्पणी र अाफ्नाे पनि बुझार्इले हाेला पछिल्लाे समय सिस्नुपानी नेपालले अाफ्नाे ब्यङ्ग्यात्मक देउसी गीतमा पनि उल्लेख गरे- ‘याे सरकारकाे दिमाग चल्छ अङ्ग किन चल्दैन ?’ प्रम अाेली भने त्यतातिर बालमतलव भन्दै कुर्लिरहेकै छन् । एक महिना अघि […]

प्रदेश सातका अर्का मन्त्री गलहत्याइए, मन्त्रीसँगै पार्टी सदस्यबाट समेत हटाइए मन्त्री सोडारी

काठमाडाैं, २७ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ सोडारी थप पार्टीको कारबाहीमा परेका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले उनलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । मंगलबार बेलुका बसेको प्रदेश कमिटीका पदाधिकारीको बैठकले पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले […]