काठमाडाैं, १२ असार । आफ्नो भाषा, संस्कार र माटो अनुसारको राज्य हुनुपर्ने माग गर्दै दार्जिलिङमा नेपालीभाषीहरुले गरेको आन्दोलनमाथि सेना परिचालन गरेर गरिएको दमनको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ । भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीहरुमाथि नृशंस दमन गरिएको भन्दै उक्त दमन तत्काल रोक्न माग पनि गरिएको छ । संसारका कुनै पनि न्यायप्रेमी जनताले गर्ने आन्दोलनमाथि […]
राजनीति
स्थानीय चुनावको मधेश फ्याक्टर
‘बुलेटको जवाफ ब्यालेटबाट’ भन्ने तुफानी नाराका साथ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ३१ वैशाख २०७४ मा सम्पन्न पहिलो चरणदेखि नै स्थानीय तह निर्वाचनमा होमिइसकेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयम् सरकारमा सहभागी छन् । यसले पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी नभएको मधेशका ६ दल सम्मिलित अर्को घटक राष्ट्रिय जनता पार्टी […]
विभिन्न आवरणमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा […]
दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने
प्रत्येक वडामा एक दलित महिला अनिवार्य गर्ने निर्वाचन ऐनको प्रावधानले यो चुनावमा देशभरिबाट ६ हजार ६८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानून नै बनाएर एक शताब्दीभन्दा धेरै जुन समुदायमाथि भेदभाव ग¥यो, उनीहरूलाई कानूनी व्यवस्था नै गरेर शासन प्रणालीभित्र हुल्नु सकारात्मक कुरा हो । त्यसमा पनि त्यो समुदायका महिलाका लागि त यो चानचुने उपलब्धि होइन […]
प्रगतिशील अन्तर्राष्ट्रियको आवश्यकता
पश्चिमका विकसित अर्थव्यवस्थाको राजनीतिले सन् १९३० यता सबैभन्दा ठूलो धक्का व्यहोरिरहेको छ । त्यो ठूलो अपस्फीतिले एट्लान्टिकका दुवैतर्फका त्यस्ता राजनीतिक शक्तिलाई पुनर्जीवित गरिरहेको छ, जो दोस्रो विश्वयुद्धयता निष्क्रिय थिए । राजनीतिमा फेरि आवेग फर्कन लागेको छ, तर हामीले आशा गरेजसरी होइन । अहिलेसम्म वामपन्थीहरूले रक्षा गरेको संस्थापन–विरोधी धारणा दक्षिणपन्थीहरूले लिन थालेका छन् । अमेरिकामा रिपब्लिकन […]
हुलाकी राजमार्गः मधेसीलाई दुखाइरहने घाउ
७० वर्ष पुरानो सपना हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी […]
फिडेल : एउटा युगको अन्त्य
एजेन्सी । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । २०औँ शताब्दीका महान् राजनीतिज्ञ तथा कम्युनिस्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युबाको राष्ट्रिय टेलिभिजनले शनिबार जनाएको छ । क्यास्ट्रोका भाइसमेत रहेका क्युबाका वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले उनको निधन भएको घोषणा गरेका छन् । राष्ट्रपति राउलले वामपन्थी आन्दोलनका ‘प्रमुख कमान्डर’को निधन भएको बताए […]
क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन
काठमाडौँ, ११ मंसिर । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । त्यहाँको सरकारी टेलिभिजनले मृत्यु भएको खवर सार्वजनिक गरेको छ । उनी सानैदेखि सहयोगी, मिलनसार र चतुर स्वभावका थिए । अधिवक्ता समेत रहेका उनी पौडी खेलका सौखिन हुन् । क्यास्ट्रो १३ अगस्ट १९२६ मा सम्पन्न परिवारमा जन्मेका थिए । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व […]
भियतनाम-अमेरिका : पहिले शत्रु, अहिले मित्र
सिनेटर जोन म्याक्केनसँग केही वर्षअघि भियतनामको भ्रमण गर्दा मैले दुईवटा पूर्वशत्रुबीचको सम्बन्ध कति वर आइपुगेको छ भन्ने अनुभूति गरेको थिएँ । त्यहाँको होऊ लो जेलका अँध्यारा कक्षहरूले लामो र तितो युद्धका स्मृतिहरू ल्याइदिएको थियो । तर, भियतनामीको ठूलो हिस्सा तथा भियतनाम सरकारको दृष्टिकोण बितेका कालतिर होइन, भविष्यतिर थियो । अहिले राष्ट्रपति बाराक ओबामा एक दशकयता […]
डिग्री प्रकरणमा ‘आप’को हार
प्रधानमन्त्रीसित स्नातक र स्नातकोत्तर तहको डिग्री छैन भन्ने ‘आप’को कथित आरोप र सरकारका तर्फबाट उनका सर्टिफिकेटहरू देखाइनुले हामीलाई यस्तै प्रकारको अर्को एक घटनाको पनि सम्झना दिलाउँछ । सन् २००८ मा अमेरिकी राष्ट्रपति पदको चुनावका लागि अभियान सुरु हुनासाथ बाराक ओबामामाथि उनी नैसर्गिक रूपमा अमेरिकामा जन्मेका नागरिक होइनन् भन्ने आरोप लागेको थियो । आरोप लाग्नासाथ कैयौँ […]