प्रहरीका मोस्ट वान्टेडले एमालेलार्इ प्रयोग गरेर राजनीतिमै नलागेकी श्रीमतीलार्इ बनाए सां‌सद

कपिलवस्तु, १६ फागुन । श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा । श्रीमती चाहिँ प्रदेशकी माननीय । झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ । प्रहरी पनि अचम्ममा छ । बालक अपहरण, हत्यासहित थुप्रै मुद्दामा प्रहरीकाे  ‘मोस्ट वान्टेड’ सूचीका अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको […]

विप्लवको नाममा पक्राउ पुर्जी जारी गर्दै सम्पूर्ण सम्पती जफत गर्ने आदेश

काठमाडाैं, १६ फागुन । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भए लगतै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई ज्यान मार्ने तथा बिष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न सरकारले पुर्जी जारि गरेको छ । महासचिव विप्लवको दाजु चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव […]

संकटकालको झल्को दिने गरी न्यायालयको आदेश उल्लंघन गर्दै अदालतको गेटबाटै समातिए पूर्वमन्त्री रार्इ

बिराटनगर, १६ फागुन । माओवादी नेता राम बहादुर थापा ‘वादल’ गृहमन्त्री भएकै बेला जनयुद्धको झल्को आउने गरी मंगलबार एउटा घटना घट्यो । अझ सरकारले हिजो सँगै सहयात्रा गरिरहेका बादलकै सहकर्मीमाथि यस्तो ब्यबहार गरेर जनयुद्धको झल्को दिने घटना घटाएको छ । गत फागुन ६ गते विना कारण प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई […]

देउवालार्इ संसदीय दलको नेता बन्न नदिन कांग्रेस सबै युवा नेता एक

काठमाडाैं, १६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा संसदको अंकगणितले उनी दलको नेता बन्ने सम्भावना भने छ । ‘तर, पार्टीले नराम्रो क्षति व्यहोर्नुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ, ‘तीनै तहको […]

फोरमलार्इ सरकारमा ल्याउन प्रम ओलीले चार मन्त्रीमात्र थपेको खुलासा

काठमाडौ, १५ फागुन । प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए […]

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा बढी रकम कर नतिर्ने, बरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध अधिकारीहरूलाई केही करोड रूपैयाँमा खरिद […]

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान […]

माओवादी केन्द्रमा संस्थापनभन्दा विद्रोहीहरु हावी, साथ छोड्नेहरुलार्इ मात्र अवसर दिएको चर्को असन्तुष्टि

Maoist-Office

काठमाडौं, १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले […]

बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]

कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]