उपनिर्वाचन २०७६ः २१ जनाले गराए उम्मेदवारी दर्ता

भक्तपुर, २१ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश क मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा आज ११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का तर्फबाट देवीप्रसाद डिपी ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी […]

उपनिर्वाचन २०७६ः दाङमा १४ जनाको उम्मेदवारी दर्ता

दाङ, २१ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३ ख मा प्रदेशसभा सदस्यका लागि आज १४ जनाले उम्मेदवारी दर्ता गराएका छन । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले १२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । उम्मेदवारी दर्ता गर्नेमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली काङ्ग्रेसबाट […]

उपनिर्वाचन २०७६: कास्कीमा बढ्यो चुनावी सरगर्मी

चिप्लेढुङ्गा, २१ कात्तिक । नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ । को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत […]

उपनिर्वाचन २०७६: निर्वाचन आयोगको कार्यालय स्थापना

निजगढ, २१ कात्तिक । बाराको बारागढी गाउँपालिका– १ मा वडाध्यक्षका लागि यही मङ्सिर १४ गते उपनिर्वाचनका लागि गाउँपालिकाको केन्द्र खोपवामा निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरा वसन्तपुर र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वसन्तपुरमा गरी दुई मतदान केन्द्रमा तीन मतदानस्थल रहेको वडामा दुई हजार ३६६ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत […]

उम्मेदवार मनोनयनपत्र दर्ता आज

काठमाडौँ, २१ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ  निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र […]

प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् । ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि […]

भारतको राजनीतिक नक्सा नेपालले खारेज गर्ने, लिपुलेक बचाउन प्रतिवद्ध रहेको भन्दै परराष्ट्रमन्त्रालयले जारी गर्यो यस्तो भनाई

काठमाडौँ, २० कात्तिक । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवम् टिप्पणीप्रति परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो । विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग भएका स्पष्ट रुपमा बताइएको छ […]

अमेरिकाले भन्यो, विप्लव नेपालका आन्तरिक आतंकवादी, भारतीय आतंकवादीको अखडा नेपाल

काठमाडौं, २० कात्तिक । अमेरिकाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई नेपालको आन्तरिक आतंकवादीका रुपमा अर्थ लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । अमेरिकी विदेश मन्त्रालयले गएको शुक्रबार ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म २०१८’नामक वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा नेपालबारे पनि धेरै चर्चा गरेको हो । उक्त प्रतिवेदनमा विप्लव नेकपाले […]

सरकार समृद्धितर्फ उन्मुख छ: नेता पौडेल

ओखलढुङ्गा, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता देवेन्द्र पौडेलले सरकार समृद्धि ल्याउन लागिपरेको बताए ।ओखलढुङ्गाको लिखु गाउँपालिमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा स्कुल विभागका उपप्रमुखसमेत रहेका पौडेलले वर्तमान सरकार विगतका अधुरा योजना सफल बनाउँदै दीर्घकालीन योजना ल्याउने काममा लागेको बताए । विगतमा सरकार मात्रै परिवर्तन हुने भए पनि […]

अदालतमा विचाराधिन भए पनि गल्ती गरेकै हुन भन्दै महराकै निर्वाचन क्षेत्रमा पुगे प्रचण्ड

दाङ, २० कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा छन् । संसद सचिवालयमै काम गर्ने कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेल गएका हुन् । नाटकीय घटना झै लाग्ने महराको यो प्रकरणमा धेरैको जिज्ञासा रहेको पक्ष हो आजसम्म दाहिने हातका रुपमा काम गरेका महरालाई प्रचण्डले किन संरक्षण गरेनन् । […]