काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ । प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य […]
राजनीति
महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी: मुख्यमन्त्री भट्ट
कैलाली, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताए ।लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म […]
सर्वोच्च नेता सिंहको १०५औँ जन्मजयन्ती
काठमाडौँ, २४ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताए । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आज सभापति देउवाले विज्ञप्ति जारी गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन । राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत […]
राज्यमन्त्री रावलद्वारा राजीनामा
अत्तरिया, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन ।कञ्चनपुरको शेयर बिक्रीमा संलग्नताको आरोप लागेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन । राज्यमन्त्री रावलले आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन । “म माथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस् । छानबिनमा मेरो […]
जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण
काठमाडौँ, २४ कात्तिक । लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उनको सालिक माल्यार्पण गरिएको हो । काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताए […]
उपनिर्वाचन २०७६: नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो
बैतडी, २४ कात्तिक । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो । वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाका तर्फबाट दोगडाकेदार […]
उपनिर्वाचन २०७६: नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा
भक्तपुर, २४ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा क मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा […]
प्रमुख भन्सार नाकाहरुमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिदै
काठमाडौं, २४ कार्तिक । सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो। विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्। विभागकी […]
भरुवा बन्दुकसहित चार जना पक्राउ
बलेवा, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको हो । उनीहरूको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र […]
सर्वपक्षीय बैठकपछि उत्साहित प्रधानमन्त्रीले भने, राष्ट्रिय सहमति मिल्यो, तत्काल कूटनीतिक पहल गर्छु
काठमाडौँ, २३ कात्तिक । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने बताएको हो । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरू सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी […]









