काठमाडौँ । लिपुलेकमा खनिएकाे सडक आफ्नै भूमिमा पर्ने भारतले दावी गरेकाे छ । भारतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे प्रतिक्रिया जनाएको हाे । शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले निकालिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै […]
राजनीति
रास्कोट नगरपालिकाले देशभर रहेका ७०० नागरिकलाई गर्यो उद्धार, १७४३ लाई राहत वितरण
कालिकोट । कालिकोटको रास्कोट नगरपालिकाले देशका विभिन्न भागमा रहेका आफ्ना नागरिकलाई उद्धार गरी फर्काएको जनाएको छ । नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले एक विज्ञप्ति जारी गर्दै देशभर अलपत्र परेका आफ्नो नगरका सात सय नागरिकलाई उद्धार गरेको जनाएका हुन् । त्यसैगरी नगरपालिकाले नगरभित्रका मजदुर, विपन्न, असहाय गरी १७४३ जनालाई तीन चरणमा राहत वितरण गरिएको पनि जानकारी गराएको […]
जिल्ला वन अधिकृत एक लाख घुससहित पक्राउ
काठमाडौँ । नुवाकोट डिभिजन वन कार्यालयका दशौं तहका अधिकृत घुससहित रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत जयमंगल प्रसादलाई कार्यालयबाटै एक लाख घुससहित शनिबार पक्राउ गरेको हो। उनले वनको काठको ठेक्का मिलाइदिने भन्दै घुस मागेपछि आयोगबाट खटिएको टोलीले लकडाउनकै अवधिमा पनि नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
सेनाका पूर्व रथी र सशस्त्रका पूर्व एआईजी पक्राउ
काठमाडौँ । प्रहरीले सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगञ्जबाट शनिबार दिउँसो पक्राउ गरेको छ। नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र पूर्व सहायक रथि प्रेमसिंह बस्न्यात सडकमा उत्रिएका थिए। सोही क्रममा उनीहरुलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो। […]
लिपुलेकमा भारतले सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले जारी गर्यो विज्ञप्ति
काठमाडौं, २७ वैशाख । लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै नेपाल सरकारले विज्ञप्ति जारी गरेकाे छ । भारतको याे कदमले नेपाललाई दुःखित तुल्याएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेकाे हाे । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन […]
दिल्लीस्थित दूतावासलाई लिपुलेक मिचिएकोबारे विस्तृत विवरण पठाउन सरकारको निर्देशन
काठमाडाैं । भारतले अतिक्रमित नेपाली भूमिमा एकतर्फी सडक उद्घाटन गरेकोमा नेपाल असन्तुष्ट भएको छ । यो विषयमा विस्तृत विवरण यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई शुक्रबार निर्देशन दिएको छ । दूतावासबाट विवरण आएपछि धारणा सार्वजनिक गर्ने सरकारको तयारी छ। दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले यस सम्बन्धमा प्रतिक्रिया दिन अस्वीकार गरे भने परराष्ट्रका अधिकारीले दिल्लीबाट विवरण नआउन्जेल नबोल्ने […]
लिपुलेकमा भारतले एकतर्फी खनेको बाटोबारे परराष्ट्रमन्त्रीले खोले मुख
काठमाडौँ । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ। भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए। […]
जिर्ण शरिरलाई अन्याय नगर्न प्रम ओलीलाई बाबुरामको संसदमा सुझाब
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शरिर राेगले जिर्ण भएकाे भन्दै शरिरमाथि अन्याय नगर्न उनलाइ सुझाब दिएका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे गम्भीर गल्ती गर्दै गएकाे भन्दै उनलाइ राजीनामा दिएर आफ्नाे नैतिकता जाेगाउन पनि सुझाएका छन्। शुक्रबार प्रतिनिसभाको अधिवेशन सुरु भएको अवसरमा धारणा राख्दै भट्टराईले नैतिकताका […]
लिपुलेकबाट नेपाली भूमी मिचेर भारतले बनायो मानसरोवर पुग्ने सडक
काठमाडौं, २६ बैशाख । भारतले नेपालको भूभाग लिपुलेक हुँदै मानसरोवर मार्गसँग जोड्ने सडकको शुक्रबार उद्घाटन गरेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्समार्फत नेपालको लिपुलेक हुँदै चीन जोड्ने सो रुट उद्घाटन गरेका थिए। कुटनीतिज्ञ तथा सीमाविदहरुले भारतको एकपक्षीय कदमको नेपालले कडा विरोध गर्नुपर्ने बताएका छन्। भारतले धार्चुलाको घटियागाढबाट लिपुलेकसम्मको ८० किलोमिटर लामो सडक निर्माण गरेर […]
बल्ल गर्यो प्रहरीले सर्वेन्द्र खनाल र महेश बस्नेत विरुद्ध अपहरण मुदा दर्ता
काठमाडौं, २६ बैशाख । नेपाल प्रहरीका पूर्व प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध अपहरण मुद्दा दर्ता भएको छ। उनीहरुले केही दिन अघि सांसद सुरेन्द्र यादवलाइ उनकै घरबाट अपहरण गरी काठमाडाैं ल्याएर बन्दी बनाएकाे खबर सार्वजनिक भएकाे थियाे । त्यसका विरुद्ध यसअघि सांसद यादव र उनकाे दलका नेताहरुले मुद्दा दर्ता गर्न […]








