संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]

कांग्रेस बैठक पुस १० गते, उपस्थित होलान् त नेता पौडेल ?

काठमाडौ, ४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा […]

आजबाट संसद्को हिउँदे अधिवेशन, सभामुख चयनदेखि महत्वपूर्ण विधेयकका कार्यभार

काठमाडौँ, ४ पुस । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबार देखि सुरू हुँदै छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को पाँचौ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ […]

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ४ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको […]

गृह मन्त्री नै फेर्न सक्ने यतीको शक्ति कति ?

काठमाडौं, ४ पुस । गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरिएको खबर पुष्प ढुंगानाले नयाँ पत्रिकामा लेखेका […]

आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण

काठमाडौं, ३ मंसिर। रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ  । सभापति शेरबहादुर देउवाले १२ वर्ष पूरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी […]

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

जनकपुर ३ मंसिर । राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार […]

महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै के थुनामुक्त होलान्?

काठमाडौ, ३ पुस । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् । महराले आफूलाई […]

नयाँ मालिकहरू झन धुर्त छन् खाँचो छ त नयाँ स्पार्टाकसको, बाबुरामको कटाक्ष-दास र मालिकको सम्बन्ध

काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टी राजपा बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दास नेकपा र राजपाबीचको सहमतिलाई मालिकबीचको सम्बन्धसँग तुलना गर्दै कटाक्ष गरेका छन् । राष्ट्रियसभाको प्रदेश–२ […]

माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक तालिकासहित

काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसका सातसहित १९ सांसदको कार्यकाल फागुनमा सकिंदैछ । पदावधि सकिन लागेका सांसदमा नेकपाका आठ, राजपाका दुई, समाजवादीका […]