काठमाडौँ, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको यात्रुवाहक बस त्रिशुली नदीमा खसेकाे छ । चितवनको फिस्लिङमा भएकाे दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७ पुगेकाे छ । लु २ ख २९१ नम्बरकाे बस ट्रकसँग ठोक्किएर त्रिशुली नदीमा खसेको प्रहरीले जनाएकाे छ । मृत्यु भएका मध्ये ५ जना पुरुष र २ जना महिला रहेकाे चितवनका […]
मुख्य समाचार
मिर्गौला रोगबाट पीडित एमाले अध्यक्षको निधन
महोत्तरी, १३ मंसिर । नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ । मिर्गाैला र कलेजोको रोगबाट पीडित एमाले महोत्तरीका अनुसार मण्डलको गएराति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो । एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई […]
जल पर्यटन बढाउन सैनामैनामा विशाल जलाशय निर्माण गरिदै
बुटवल, १३ मंसिर । चुरे संरक्षण र जल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित रुपन्देहीको सैनामैनामा विशाल जलाशय निर्माण गरिने भएको छ । सिँचाइ सुविधा पु¥याउने तथा चुरे भावर संरक्षण गर्ने उद्देश्य राखेर उक्त क्षेत्रमा जलाशय निर्माणको प्रक्रिया अगाडि बढाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार मुर्गियादेखि पाँच किलोमिटरभित्र चुरे पहाडको काखमा ५० बिगाहा […]
बाबुरामका उम्मेदवारलार्इ नै प्रचण्डले उम्काएर लिएपछि
चीतवन, १३ मंसिर । नँयाशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई फेरी झट्का लागेको छ । बाबुरामका केन्द्रीय सचिवालय सदस्य समेत रहेका समामुपातिक उम्मेदवार दानबहादुर तामाङ प्रचण्डसँग गएका छन् । मंगलबार पश्चिम चितवनको पर्साढापमा आयोजित बाम गठबन्धनको चुनावी सभामा उनी प्रचण्ड नेतृत्वकाे माओवादी प्रवेश गरेका हुन् । उनलाई प्रचण्डले नै ललार्इफकार्इ अाफ्नाे पार्टीमा प्रवेश गराएका हुन् […]
दाङ विष्फोटमा घाइते म्यादी प्रहरीको कोहोलपुर मेडिकल कलेजमा मृत्यु
दाङ, १३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी प्रहार गरिएकाे वम विष्फाेटमा परी घाइते भएका एक जना म्यादी प्रहरीकाे ज्यान गएकाे छ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरी विनोद चाैधरीको उपचारकाे क्रममा ज्यान गएको हाे । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चाैधरीलार्इ उपचारका लागि काेहाेलपुर मेडिकल […]
राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ
बर्दिया, १३ मंसिर । बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८ जुरैना गाउँमा मध्यरातमा वाम गठबन्धनको झन्डा निकाल्दै फाल्दै गर्दा एकजना प्रहरी जवान र अन्य म्यादी […]
लाेकतन्त्र फासिवादमा पतन भयाे : दर्शन
अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् । “संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको […]
सिटौला पछि फेरि प्रधानमन्त्री शेरबहादुर देउवालार्इ लक्षित गरी वम प्रहार, ८ घाइते
दाङ, १२ मंसिर । दाङको तुल्सीपुरमा बम विष्फोट हुँदा म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजारमा तुलसी बोर्डिङ स्कुल नजिकै बम विस्फोट भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित […]
सिमिटकोट विमान दुर्घटनाको थप अपडेट : टाउकोमा गम्भीर चोट लागेका सुरक्षाकर्मीलार्इ नेपालगञ्ज लगियो
हुम्ला, १२ मंसिर । हुम्लाकाे सदरमुकाम सिमिकाेटमा दुर्घटना परेकाे बिमानमा रहेका ६ जना गम्भीर घाइते भएका छन् । तारा एयरको ‘नाइन–एनएबिएम’ कलसाइनको ट्वीनअटर विमान सिमकोट विमानस्थलमा आज बिहान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको थियाे । विमानमा चालकदलका तीनजना र १३ जना सुरक्षाकर्मी थिए । उनीहरूमध्ये चालकदलका तीनसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल […]
माउन्ट आगुंगमा खतरानाक ज्वालामुखी निस्कँदै सबै मानिसलाई
काठमाडौं, १२ मंसिर । इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा झनझन बढिरहेको छ । आसपाका एक लाख मानिसहरु प्रभावित हुने भएका छन् । उनीहरुलाई तत्काल अन्यत्र जान भनिएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ […]











