मन्त्रिपरिषदमा इतिहासकै ठूलो अपारदर्शीता, निर्णय के भयो भन्ने थाहा नै पाउँदैनन मन्त्रीहरु

काठमाडाैं, २९ पुस । निर्वाचन सम्पन्न भइसकेर पनि सरकार नछाडेका शेरबहादुर देउवा नेतृत्वकाे मन्त्रिपरिषद इतिहासकै सबैभन्दा बढी अपारदर्शी भएकाे छ । बैठकका एजेण्डा सूचीमा नै नचढाइ साेझै खल्तीबाट ल्याएका प्रस्तावहरु पारित हुन थालेका छन् । मन्त्रिपरिषद बैठकमा के निर्णय भए भन्ने स्वयम् मन्त्रीहरुले नै थाहा पाउँदैनन । निर्णय भएका प्रस्तावहरु सार्वजनिक गरिए मात्र मन्त्रीले थाहा […]

डा. केसी र सरकारबीच मध्यरातमा ५ बुँदे सहमति

काठमाडाैं, २९ पुस । सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । राति ११ बजे […]

देशभरका नर्सहरु अान्दाेलनमा

काठमाडाैं, २८ पुस। ११ बुँदे माग राख्दै देशभरका नर्सहरु अान्दाेलनमा उत्रिएका छन् । नेपाल नर्सिङ्ग संघको आवहानमा देशभरका नर्सहरुले वुधवारबाट आन्दोलित भएका हुन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले ३ जना नर्सलाई निस्काशन गरेपछि नर्सिङ संघले अान्दाेलनमा जाने निर्णय गरेकाे हाे । निष्कासित नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका दभरका नर्सहरुले पहिलाे दिन अाज १ […]

एमाले र माओवादी केन्द्रले यसरी बाँड्दैछन् मुख्यमन्त्री, कुन प्रदेशमा मुख्यमन्त्री को ?

काठमाडाैं, २८ पुस । एकताकाे प्रक्रियामा रहेका नेकपा (एमाले) र माअाेवादी केन्द्रले सात वटा प्रदेशमा कसरी सरकार गठन गर्ने भन्नेबारे छलफल थालेका छन् । सात वटा प्रदेशमध्ये २ नम्बर प्रदेश वाहेक बाँकी ६ वटामा दुर्इ दलकाे पूर्णत: बहुमत छ । दुर्इ दलकाे एकता गर्नका लागि बनेकाे कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री र सभाका सभामुखसहित अन्य संरचना […]

देउवाले जिम्मेवारी विहिन बनाएको ८६ दिनपछि माओवादी मन्त्रीले दिए राजिनामा

Maoist-Office

काठमाडाैं, २८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले अपमानपूर्ण तरिकाले जिम्मेवारी विहीन बनाएकाे ८६ दिनपछि माअाेवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिन लागेका छन् । तर, माअाेवादी केन्द्रकै एक मन्त्रीले भने राजिनामा नदिने भएका छन् । माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि अाफ्नाे पदबाट राजीनामा दिन लागेका हुन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले उनीहरुले शुक्रबारका […]

मौसमी सूचना प्रणालीलाई आधुनिकीकरण गर्न राडार जडान

काठमाडौँ, २८ पुस । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया शुरु गरेको छ । विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर्न तीनवटा मौसमी राडार जडानको प्रक्रिया शुरु […]

राजकुमार राई र रोज राणाबीच किरियापुत्री घरमै कुटाकुट

काठमाडौं । विकास बोर्डको अध्यक्ष बन्न नपाएकोमा राजकुमार राई कतिसम्म तड्पिरहेका रहेछन् भन्ने दृश्य अस्ति दिउँसो दुई बजे पशुपतिमा देख्न पाइयो । कांग्रेसनिकट साँस्कृतिक फाँटका प्रमुख तीर्थ थापा जीवनसंगिनी मैयाँको मृत्युको शोकमा थिए किरियाघरमा । १३ औं दिनको पुण्यतिथिमा पुगेका विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले निर्माता संघका महासचिव रोज रानालाई देख्नेबित्तिकै भनिहाले, ‘तिमी चलचित्र विकास […]

तारुकामा यस वर्ष २८ हल गोरु जुधाएर माघे संक्रान्ति मनाइदै

त्रिशूली, नुवाकोट, २८ पुस । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता […]

सीमा क्षेत्रका अाधाजस्तो सीमास्तम्भ गायब

जनकपुरधाम, २८ पुस । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो ।  सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा […]

पुस २७ को बिदा फिर्ता नलिए शिहदरवामा थुक्ने जनजातिको चेतावनी

                २७ पुस ,काठमाडौं । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई खारेज भईसक्दा अाज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको रुपमा सरकारले सार्वजनिक विदा दियो । सरकारको यो निर्णयमा असहमति जनाउदै सर्वोजनिक बिदा तुरुन्त फिर्ता हुनुपर्ने माग राख्दै आदिवासी […]