होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]
मुख्य समाचार
स्कूलका प्रअले गरे आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु
काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको अनामनगरमा रहेको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो आवाज उठाएका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको […]
चट्याङमा परी २२ सैनिक घाइते, ५ जना सिकिस्त
बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । बानियाँले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, […]
एकीकृत पार्टीको केन्द्रीय समितिमा ९९ जना मात्र राख्ने केपी र प्रचण्डबीच सहमति
काठमाडौं, २ फागुन । एमाले र माओवादीका शीर्ष नेता एकीकृत पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सहमत भएका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड २ अंकको केन्द्रीय समिति बनाउन सहमत भएका हुन् । हाल एमालेमा दुई सय र माओवादीमा करिव चार हजार केन्द्रीय सदस्य छन् । हिजो ललितपुरमा भएको ‘वान टू […]
प्रदेश ६ मा एमालेले मुख्यमन्त्रीमा आलोपालोको माग गरेपछि चर्कियो एमाले–माके विवाद
सुर्खेत, २ फागुन । यसअघि ४ प्रदेशमा एमाले र २ प्रदेशमा माअाेवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति गरेकाे नेकपा एमालेले प्रदेश नम्बर ६ मा भने त्याे सहमति ताेड्ने देखिएकाे छ । प्रदेश नं. ६ मा यसअघि गरिएकाे सहमति विपरित एमालेले आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने प्रस्ताव सारेपछि दुर्इ पार्टीका बीचमा विवाद बढेकाे छ । एमालेले दुर्इ पार्टीले […]
विसर्जनवाद र आत्मसमर्पणवादविरुद्ध कठोर र निर्मम सङ्घर्ष नगरी विजय सम्भव छैन
हामीले क्रान्तिमा विजय हासिल गर्नका लागि यतिबेला क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा देखापरेका दुई गलत प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुपर्ने भएको छ । ती प्रवृत्ति हुन्– विसर्जनवाद र आत्ससमर्पणवाद । विसर्जनवाद र आत्मसमर्पणवाद क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका घातक र विषालु प्रवृत्ति हुन् । यी दुई प्रवृत्तिमाथि विजय हासिल नगरी क्रान्तिमा विजय हासिल गर्न सम्भव छैन । तसर्थ, सबै क्रान्तिकारीहरूले यी […]
मोहन बैद्यको जिल्लामा किरणले गरे विप्लवसँग संयुक्त सभा
प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् । कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि […]
जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा
काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध […]
जनयुद्ध दिवसका दिन नेकपाद्वारा देशभर एनसेलमाथि आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त
काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे । एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]
नयाँ गाउँपालिकाले गर्न थाले यतिसम्म भ्रष्टाचार : मोटरबाटो नै नभएको जिल्लामा मोटर खरिद गर्ने बोलपत्र आह्वान
हुम्ला, २९ माघ । नेताहरुले सिंहदरवार गाउँगाउँमा पुगेकाे चर्चा गरिरहँदा गाउँगाउँमा भने त्यसकाे भद्दा मजाक हुन थालेकाे छ । नयाँ गाउँपालिकाले गरिरहेकाे कामले सिंहदरवार गाउँमा पुगेकाे नभर्इ भ्रष्टाचार र लुटपाट गाउँमा पुगेकाे प्रष्ट हुन्छ । पछिल्लाे समय गरिएकाे एक अध्ययनले ४० प्रतिशतभन्दा बढी गाउँपालिका र नगरपालिकाका मेयरले डाेजर खरिद गरेका छन् । साथै उनीहरुले गाउँमा […]











