काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ । गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । […]
मुख्य समाचार
प्रचण्डप्रति यस्तो आरोप लगाउँदै किरातीले गरे आफैलाई माकेको अध्यक्ष घोषणा
काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन् । विहीबार अबेर विज्ञप्ति निकालेर […]
ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो
काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]
नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन् । अन्य […]
अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर
काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र […]
गोवामा पक्राउ गरी देवदहमा ल्याइ इन्काउन्टर, गुन्डाको शृंखलाबद्ध अवसान
काठमाडाैं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको […]
तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए
बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]
आफ्नो पार्टीको नाम जवरजस्त राखिए केपी–प्रचण्ड विरुद्ध अदालत जाने ऋषि कट्टेलको चेतावनी
काठमाडौं, ९ फागुन । दर्तावाला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले प्रधनमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् । नेता कट्टेलसँग कुनै सल्लाह नै नगरी आफ्नो एकीकृत पार्टीको नाम नेकपा राख्ने निर्णय गरेका ओली प्रचण्ड कम्युनिष्ट नै नभएको उनको भनाई छ । ‘नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका […]
प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन
काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]
मधेशका सिरियल किलरलार्इ नेपाल प्रहरीले समात्यो कतारमा
काठमाडौं, ९ फागुन । शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका ‘सिरियल किलर’ सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो। इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई […]









