१४ वर्षीय बालिकाका हत्यारा ६ वर्षपछि दिल्लीको अस्पतालमा यसरी पक्राउ परे

Rape

काठमाडौं, १३ असार । चौध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो। २०६८ माघ ५ […]

सरकारी ढुुकुटीमा थुप्रियो २ खर्ब ६३ अर्ब

nepal-rastra-bank

काठमाडौं, १३ असार । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहुँदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकले सरकारको ढुकुटीमै बचत भएको यो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव […]

पूरै गाउँमा १७ भोट । त्यही मतपत्र पनि हेलिकप्टरमा ओसारिने

ताप्लेजुङ, १३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान […]

स्थानीय चुनावको मधेश फ्याक्टर

Madhesh Facts

‘बुलेटको जवाफ ब्यालेटबाट’ भन्ने तुफानी नाराका साथ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ३१ वैशाख २०७४ मा सम्पन्न पहिलो चरणदेखि नै स्थानीय तह निर्वाचनमा होमिइसकेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयम् सरकारमा सहभागी छन् । यसले पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी नभएको मधेशका ६ दल सम्मिलित अर्को घटक राष्ट्रिय जनता पार्टी […]

गुम्बा गाउँ : नेपालभित्रकै एउटा अर्को नेपाल

Gumba-villege

बाजुरा सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा पुगिन्छ, गुम्बा गाउँ । पुरानो बिच्छ्याँ गाउँ विकास समितिको सिङ्गो वडा नम्बर १ रहेको यो गाउँ अहिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ । वरिपरिका बौरी र युना गाउँ मिसाएर नयाँ वडा कायम गर्दा गाउँपालिकाको यो ३ नम्बर वडामा वरिपरिका अरू केही गाउँ पनि थपिएका छन् […]

विभिन्न आवरणमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा […]

चर्चित पत्रिकामा अाकर्षक जागिरकाे विज्ञापन छपाएर यसरी चल्छ ठगी धन्धा

‘नो इन्टरभ्यू । शतप्रतिशत जागीरको ग्यारेण्टी । तलब न्यूनतम १६ देखि अधिकतम् ३७ हजारसम्म ।’ १० माघ २०७२ का दिन एउटा राष्ट्रिय दैनिकमा छापिएको विज्ञापनले खड्कबहादुर तामाङको मन तान्यो । दुई वर्ष कतार बसेर आएका काभ्रे चापाखोरी गाविस कालधरका तामाङसानोतिनो जागीर मिले फेरि विदेश नजाने सोचमा थिए । पत्रिकामा दिएको सम्पर्क नम्बरमा फोन गरे । […]

दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने

प्रत्येक वडामा एक दलित महिला अनिवार्य गर्ने निर्वाचन ऐनको प्रावधानले यो चुनावमा देशभरिबाट ६ हजार ६८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानून नै बनाएर एक शताब्दीभन्दा धेरै जुन समुदायमाथि भेदभाव ग¥यो, उनीहरूलाई कानूनी व्यवस्था नै गरेर शासन प्रणालीभित्र हुल्नु सकारात्मक कुरा हो । त्यसमा पनि त्यो समुदायका महिलाका लागि त यो चानचुने उपलब्धि होइन […]

इराक युद्धले निर्माण गरेको विश्व

iraq_war

कुनै समय अग्रणी रहेका इराक र सिरिया अहिले मानवीय दु:ख र कुँडाककर्टको बन्जर भूमि बनेका छन् । केही समयअघि सार्वजनिक भएको चिल्कोट रिपोर्टले हामी यस्तो अवस्थामा कसरी पुग्यौँ भनी व्याख्या गर्न सहयोग पुर्‍याउछ । २००३ मा इराकमाथि अमेरिका–नेतृत्वको हस्तक्षेपमा बेलायती गल्तीको हदसम्म विस्तृतमा चर्चा गरेको छ । रिपोर्टको निष्कर्षमा जोडिएकाहरू त्यसलाई खण्डन गर्न दुईवटा तर्क […]

हुलाकी राजमार्गः मधेसीलाई दुखाइरहने घाउ

Hulaki-sadak

७० वर्ष पुरानो सपना हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी […]