पाँच घन्टा नेपाल टेलिकमको नेटवर्क जाम, कसरी भयो यस्तो गम्भीर समस्या

काठमाडौं, २२ पुस । नेपाल टेलिकमपकाे नेटवर्क पाँच घन्टासम्म अवरुद्ध भएकाे छ । पाँचघन्टासम्म नेटवर्क अवरुद्ध भएपछि धेरै सेवाग्राहीहरु समस्यामा परेका छन् । शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हाे । बिहान तीन बजेदेखि नेटवर्कमा आएको समस्या एकै पटक बिहान आठ बजेमात्र टेलिकमले समाधान गरेको हाे । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच […]

कार्बन व्यापार गरेर १८ अर्ब कमाउने नेपालको यस्तो छ तयारी

काठमाडौं, २२ पुस । वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ । […]

जाडोले कठ्याङ्ग्रिएर एक सातामै ९ जनाको मृत्यु, मधेशमा बढ्यो अत्यधिक जाडो

रौतहट, २२ पुस । पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौजनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । पछिल्लो साता सप्तरीमा चिसोका […]

राज्यकोषको २ करोड सक्काउन कर्मचारीको सात टोलीको हानाथाप

काठमाडौं, २२ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन-अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन्।प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिवसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन्। प्रधानमन्त्री कार्यालयले वैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा विनियोजन गरेको दुई करोड १० लाख रुपैयाँ सक्न दर्जनभन्दा बढी कर्मचारीले एकपछि अर्को गर्दै विभिन्न देश उड्ने […]

नेपालकै यस्तो गाउँ जहाँ मरेका मानिस ल्याप्चे लगाउन आउँछन

हुम्ला । हुम्लामा सामाजिक सुरक्षा भत्तामा धेरै अनियमितता हुन्छ भन्ने थाहा पाएपछि हामीले यो मामिला खोतल्ने सोच बनायौं । तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) हुम्लाका तत्कालीन ६ गाविसका १० वटा वडामा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको विवरण लियौं । अनि भत्ता पाउनेहरूको सूची लिएर ती गाउँका वडाहरूमा गयौं र वास्तविकता परीक्षण ग¥यौं […]

जाडोमा आफ्नै मिलमा आगो तापिरहेका युवा व्यवसायीको दिउसै गोली हानी हत्या

बुटवल, २१ पुस । बुटवलमा आज फेरि एक युवा व्यवसायीको दिउसै गोली हानी हत्या गरिएको छ । रूपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एमाले कार्यकर्ता वसन्त पौडेलको गोली हानी हत्या गरिएको हो । अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको […]

विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै लाखौ पैसा ठग्ने पक्राउ

काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने […]

सँगै सुतेका दुई साथीलाई घनले हानेर हत्या गर्ने खतरानाक हत्यारा साथी

पोखरा, २० पुस । आफ्नै दुई साथीहरुलाई राती सँगै सुतेको बेला घनले हानेर हत्या गर्ने हत्यारा पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा भवनमा गत आइतबार यसरी विभत्स हत्या गरिएको थियो । धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले यसरी आफ्नै दुई […]

यस्ता छन् सात प्रदेशका अस्थायी राजधानी र कार्यालय भवन

काठमाडाैं, २१ पुस । प्रदेश सभाकाे निर्वाचन भएकाे लामाे समयपछि सरकारले प्रदेश सभा रहने मुकामकाे टुङ्गाे लगाएकाे छ । सहरी विकास मन्त्रालयले सराेकारवालाहरुसँगकाे छलफलपछि तयार गरेकाे याे प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि लागु हुने बताइएकाे छ । निर्वाचन सम्पन्न भएर सांसदहरु चुनिइसकेकाे भए पनि उनीहरु कहाँ रहने भन्ने कुनै टुङ्गाे थिएन । न त प्रदेशकाे राजधानीकाे […]

यस्तो रह्यो सन् २०१८ को विश्व अर्थव्यवस्था

एसियामा चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा छन् । ‘सिंगल डे’ का दिनमा मात्र चीनको अग्रणी अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले मजबुत क्लाउड कम्प्युटिङ कलाको प्रयोग गरेर प्रतिसेकेन्ड २ लाख ५६ हजार भुक्तानीको प्रशोधन गरेको थियो । यो संसारको सबैभन्दा ठूलो खरिद घटना हो । मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत […]