प्रवासमा बस्नेहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरूले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताए । उनले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भन्ने रहेको […]

निरन्तर संसद अवरोध गर्ने पार्टी लाइनविरुद्ध भीम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गरेका छन्। एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधकै कारण अधिवेशन नै अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ। त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावी अध्यक्ष केपी शर्मा ओलीले […]

विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर झण्डै साढे ५ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ५५१ जना संक्रमित थपिएका छन् भने ३ लाख ७७ हजार ७७५ जना निको भएका छन् । यही अवधिमा ६ हजार १९ जना संक्रमितको मृत्यु भएको छ ।  

रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

रसुवा । रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य […]

३३ किलो सुन प्रकरणः फरार प्रतिवादी अग्रवाल पक्राउ

काठमाडौँ । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा इन्टरपोलबाट रेड नोटिस जारी भएका कृष्ण गोपाल अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। झापाको शिवगञ्ज स्थायी घर भएका अग्रवाल दुबईबाट फर्कने क्रममा नेपाल प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। उक्त प्रकरणमा प्रतिवादी बनाइएका अग्रवाल लामो समयदेखि फरार थिए। यसअघि नेपाल […]

भन्सार छलेर ल्याएको सात सय ५० जोर जुत्ता बरामद

बुटवल । रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। सैनामैना नगरपालिका–४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच […]

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँ । काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा […]

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ– सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को […]

दलहरुबीच सहमति नभई एमसीसी र महाअभियोग अगाडि बढ्दैनः प्रचण्ड

काठमाडौँ । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महाअभियोग र एमसीसी अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा राष्ट्रिय सहमति र […]

२३ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन […]