काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राजीनामा घोषणा गरेकी हुन् । राजीनामा पत्रमा उनले लेखेकी छिन्– ‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेस […]
मुख्य समाचार
रास्वपा छोडेकी ममता शर्मा कांग्रेस प्रवेश गर्दै
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्ने भएकी छन्। शर्मा बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तय भएको छ । सोही कार्यक्रमबाट उनी कांग्रेसमा समाहित हुने जनाइएको छ। शर्माले “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा […]
कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो प्रतिज्ञापत्र सर्वसम्मत अनुमोदन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने […]
शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
काठमाडौं । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त […]
जनकपुरमा आज चुनावी सभा गर्दै कांग्रेस, त्यहीँबाट प्रतिज्ञापत्र सार्वजनिक गरिने
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा […]
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा […]
झापा ५ का लागि ओलीले सार्वजनिक गरेको ४२ बुँदे प्रतिबद्धता पत्रमा केछ ?
दमक । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ। प्रतिबद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ। जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ। राजनीतक […]
पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नेकपाले भनेको ६ बुँदामा के-के भन्यो ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी निर्वाचन र यसको तयारीबारे पार्टीको धारणा सार्वजनिक गरेको छ। उक्त पत्रकार सम्मेलनमा नेकपाले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा अडान लिइँदै आएको र अहिले आएर यो निर्णय वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको बताएको छ। सबैको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको […]
सेवा सुविधा थोरै भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित, घेरे जिल्ला प्रशासन कार्यालय
हुम्ला । सेवा–सुविधा थोरै भएको भन्दै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर आफ्नो माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधाको विषय उठाएर नाराबाजी गरिरहेको जानकारी दिँदै त्यसबारे बुझ्ने काम भइरहेको बताए। ‘म निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ […]
पूर्वप्रधानमन्त्री माधव नेपालसहितको भ्रष्टाचार मुद्दा पेसीमा तोकियो
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी […]











