एमालेको १०औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

काठमाडौँ । ​देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नारायणी नदी तटमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ। एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित […]

प्रधानमन्त्रीले छलफलका लागि आन्दोलनरत कानून व्यवसायीलाई बोलाए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र […]

शिक्षामन्त्री पौडेल एकाएक पुगे विश्वनिकेतन मावि त्रिपुरेश्वरमा छड्के हान्न

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए ।   अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस […]

१५ मंसिरदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट […]

छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली […]

सशस्त्र र नेपाल प्रहरीका भान्सामा इन्डक्सन चुलो प्रयोग गरिने ,बार्षिक ६० करोड बराबरको ग्यास खर्च बचत हुने

मङ्सिर ९ ,काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा प्रयोग हुदै आएको एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार दुवै निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासको प्रयोग हटाएर स्वदेशमा उत्पादन भएको विद्युतीको खपत गर्न इन्डक्सनको प्रयोग गर्न बारे कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने […]

कांग्रेस प्यूठानको मतगणनामा झडप, झडपमा ७ घाइते, प्रहरीले चलायो गोली

दाङ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्। गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ […]

सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न नमिल्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले सरकारी तलब खाने कुनै पनि कर्मचारीले कुनै पनि राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको हो । आयोगले सरकारी तलब खाने व्यक्ति […]

रुपन्देही–२ को मतगणनाका क्रममा कांग्रेसका दुई पक्षबीच कुटाकुट, उम्मेदवार घाइते

बुटवल । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेदवार कुटिएका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेदवार दीर्घबहादुर केसी (कुमार) गम्भीर […]

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय परिषद् […]