शिक्षा विधेयकको बिरोध गर्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपल सडकमा

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग (१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु […]

गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज, समितिमा बस्न योग्यता चाहिने

पोखरा । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी गरेको हो । गण्डकी प्रदेश मातहत १४ अस्पताल र २ आयुर्वेद अस्पताल छन् । नयाँ गठन आदेश अनुसार एक सय […]

दक्षिणतर्फ सर्‍यो मनसुनको न्यून चापीय रेखा, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा […]

ट्राफिक प्रहरी निरीक्षक घिमिरेलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्ड

सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख रहेका प्रहरी निरीक्षक रजोश घिमिरेलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया–बाराले “बेस्ट ट्राफिक पुलिस अफ द मन्थ” अवार्ड प्रदान गरेको छ । मधेस प्रदेशभर कार्यरत ट्राफिक प्रहरीहरू मध्ये उत्कृष्ट कामको आधारमा गरिएको मूल्याङ्कनपछि प्रहरी निरीक्षक घिमिरेलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो। अवार्डसँगै […]

गोरखापत्रलाई सरकार सेवक होइन, राष्ट्रसेवक बन्न प्रेस सेन्टरको सुझाव

काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई सरकारको सेवक नभई राष्ट्रसेवक बन्न सुझाव दिएको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्रको न्यूजरुम र व्यवस्थापन दुवै पक्षलाई सुझाव प्रस्तुत गरेको हो। न्यूजरुमलाई दिइएका सुझावमा गोरखापत्रलगायतका प्रकाशनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्ने, आवाजविहीनको वास्तविक […]

गंगारामलाई हटाएर आफैंलाई दलको नेता घोषणा गर्दै रञ्जिताले संसद्‍मा पठाइन् पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैंले दलको नेताको जिम्मेवारी राखेको जानकारी सहितको पत्र संसद् सचिवालयमा पठाएकी छन् । पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान […]

रवि लामिछानेलाई भेट्न नख्खु जाँदै प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न बुधबार नख्खु जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने पुर्वापक्षका  लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका […]

‘पूर्ण छात्रवृत्ति’ हटाइनुपर्ने लगायत ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा

काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम छलफलमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठनहरू नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्। बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुवै निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले आफूहरूको अस्तित्व र […]

कुवेतमा मृत्यु र बिरामी भएका कामदारबारे जानकारी गराउन माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको जानकारी आएकाले यसबारे सत्य तथ्य जानकारी गराउन सभामुखमार्फत सरकारलाई माग गरेका हुन् । शर्माले जनतामा प्रकट […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव […]