भक्तपुर । उच्च शिक्षा प्राप्तिका लागि अष्ट्रेलिया र न्यूजिल्यान्ड रोज्ने विद्यार्थीका लागि भक्तपुरमा एक्स्पो हुने भएको छ । ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आगामी भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको हो । आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकको आयोजनामा हुने तीनदिने यो एक्स्पोमा दुवै देशका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, भर्ना […]
मुख्य समाचार
गोली हानेर जनकपुरबाट प्रहरीले समात्यो दुई जना लागुऔषध कारोबारी
जनकपुर । प्रहरीले गोली हानेर २ जना लागुऔषध कारोबारीलाई समातेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको टोलीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एक अधिकृतले बताए । प्रहरीको गाेली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ […]
नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]
नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । […]
शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, उपत्यका बाहिर पनि आयोजना हुने
काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ। ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने […]
कृषकको आम्दानीमा सुधार ल्याएको मन्त्री अधिकारीको दावी
ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]
सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् । परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ । उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]
भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन
भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् । करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई […]











