काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो । सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी […]
मुख्य समाचार
संसदका कुर्सी र माइक खरिदमा ठूलो भ्रष्टाचार
काठमाडौं, १३ फागुन । राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको […]
सबैले साथ छोडेर एक्ला भएका बाबुरामले अब पार्टीको नाम फेर्ने
काठमाडौं, १३ फागुन । सहकर्मीहरुले साथ छाेड्दै गएपछि एक्ला भएका डा. बाबुराम भट्टराईले अब अाफ्नाे पार्टीकाे नाम पनि फेर्ने भएका छन् । नयाँ शक्ति नेपाल भनेर एक वर्षअघि गठन गरिएकाे पार्टीकाे नामलार्इ बदल्ने निर्णय गरेका हुन् । पार्टीकाे संघीय परिषदकाे विस्तारित बैठकबाट बाबुरामले उक्त निर्णय गराएका हुन् । लुम्बिनीमा बसेकाे परिषदकाे विस्तारित बैठकले एक वर्षभित्र […]
केपीको पोइल जाने प्रचण्डले कारवाही गर्नु हास्यास्पद : लोकेन्द्र विष्ट
रुकुम, १३ फागुन । माओवादी नेता लोकेन्द्र विष्टमगरले माओवादी केन्द्र एमालेका पोईल गएको बताएका छन् । पूर्वपर्यटनमन्त्री विष्टले जनयुद्धको कमाण्डर एमालेमा पोइल गएर माओवादी केन्द्रको अस्तित्व समाप्त पारेको बताए । नेपका माओवादी केन्द्र पार्टी अस्तित्वमा नरहेकोले कारवाही गर्नुको कुनै अर्थ नभएको बताए । ‘पार्टीनै रहेन, हामीलाई के गर्यो खै, पार्टी नै समाप्त भएपछि कारवाही गर्नेको […]
६ नम्बर भयो अब कर्णाली प्रदेश, सर्वसम्मतले नाम र राजधानी पारित
सुर्खेत, १२ फागुन । ६ नम्बर प्रदेशले अाफ्नाे प्रदेेशकाे नाम तय गरेकाे छ । अाज शनिवार बसेकाे प्रदेश सभाकाे बैठकले ६ नम्बर प्रदेशकाे नाम कर्णाली राख्ने प्रस्तावलार्इ एकमतले पारित गरेकाे हाे । अाज बसेकाे प्रदेश सभाकाे बैठकमा प्रदेेशकाे नाम र राजधानीका बारेेमा दुर्इ दुर्इ वटा प्रस्ताव गरिएका थिए । प्रदेशकाे नाम भेरी कर्णाली वा कर्णाली […]
६ नम्बर प्रदेशको राजधानी जुम्ला राख्नुपर्ने प्रस्ताव
सुर्खेत, १२ फागुन । प्रदेश नम्बर ६ काे राजधानी जुम्ला प्रस्ताव गरिएकाे छ । प्रदेश सभाकाे बैठकमा उक्त नाम लगिने भएकाे छ । शनिवार बस्न लागेकाे प्रदेश सभाकाे बैठकमा प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा २ वटा प्रस्ताव लगिएकाे छ । प्रस्तावमा अहिले ताेकिएकाे अस्थायी केन्द्र सुर्खेत नै हुने वा जुम्ला राख्ने भन्ने उलेलेख गरिएकाे […]
पाठकलाई अध्यक्ष चयन गर्दै क्रान्तिकारी शिक्षकहरुको सम्मेलन सम्पन्न
कैलाली, १२ फागुन । अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर […]
प्रहरीले ३० घन्टादेखि दुर्इ विद्यार्थीलार्इ क्याम्पसभित्रै थुनेर राख्यो
पाेखरा, १२ फागुन । नेपाल कम्युनिस्ट बिरुद्ध दमन नीति लिएको सरकारले मानिसको स्वतन्त्र रुपमा हिंडडुल र लेखपढ गर्न पाउने अधिकारमाथि पनि धावा बोल्न थालेको छ l यसै क्रममा कास्की प्रहरीले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका दुई नेतालाई ३० घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको छ l शुक्रबार बिहान करीब ७ बजे क्याम्पस पढ्न गएका […]
प्रचण्डले छाने मन्त्री, जनार्दन आउट शक्ति इन, बादलकै कारण पम्फामाथि यस्तो
काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको […]
छोराले अामालार्इ रड प्रहार गरी गरे हत्या, बहिनी गम्भीर घाइते
लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-४ मा एक महिलाको विहिबारराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी-४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी […]











