काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।
विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको नाम टुंग्याएको हो ।
औपचारिक रुपमा सार्वजनिक नगरिएपनि नेता थापाकै नेतृत्वमा माके सरकारमा जाने पक्का भएको छ । थापासहित बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय माकेले गरेको छ ।
सातै प्रदेशको सन्तुलन मिलाएर मन्त्रीको नाम टुंग्याएको स्रोतले बतायो । उनीहरुको मन्त्रालयको भने टुंगो लागेको छैन । पार्टीको तर्फबाट थापाले नेतृत्व गरेपनि गृहमन्त्री भने पुन हुने बताइन्छ । उनले अाफूले गृह नपाए सरकारमै नजाने बताउँदै अाएका थिए ।
नेता जनार्दन शर्मा र अग्निप्रसाद सापकोटा पनि मन्त्रीको लिष्टमा भएको बताइएपनि अन्तिममा आएर उनीहरुको नाम काटिएको बताइएको छ ।
शर्मा यसअघिको देउवा सरकारमा गृहमन्त्री भएका थिए भने सापकोटा पटक पटक मन्त्री भएका व्यक्ति हुन् । उनी माओवादीमा सबै भन्दा मन्त्री हुनेमा पर्छन् । उनीहरुलाई प्रचण्डले अालोपालो सरकारको बेला अाफू प्रधानमन्त्री भएको बेला मन्त्री बनाउने अाश्वासन दिएको बताइएको छ ।
यसअघि माअाेवादी केन्द्रबाट पम्फा भुषाल, देव गुरुङ, टाेप बहादुर रायमाझी, देवेन्द्र पाैडेलहरुकाे नाम पनि मन्त्रीमा अगाडि अाएकाे थियाे । पम्फाले गृहमन्त्रीमै दावी गरेकी थिइन । तर, अन्तिममा पम्फासहित यी नेताकाे नाम काटियाे । प्रदेशमा पनि किरणबाट भागेर प्रचण्डपछि लागेका बादल समूहका धेरै नेताहरु मन्त्री भएकाे र केन्द्रमा पनि तीन तीन जनाले साे समूहबाट मन्त्रीमा दावी गरेपछि पार्टीमा ठूलाे असन्तुष्टि बढेकाे थियाे । प्रचण्डमाथि धेरै ठूलाे दवाव दिएर अन्तत: पम्फा र गुरुङकाे नाम काटिएकाे बताइन्छ ।