कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा लेनिनवाद मान्नेहरु करिव दुर्इ तिहार्इकाे संख्यामा […]
मुख्य विशेष
सरकारले विनाकारण विद्यार्थी पक्राउ गरेका कारण क्रान्तिकारीको शैक्षिक हड्ताल
काठमाडौं, २० फागुन । सरकारले विनाकारण देशभर विद्यार्थीहरुलार्इ गिरफ्तार गर्दै लामाे समय हिरासतमा राख्ने गरेकाे भन्दै अाज अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल अाह्वान गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अाह्वानमा अाज आइतबार घाेषणा गरेकाे शैक्षिक हड्तालका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । साे संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर थुप्रै […]
जाजरकोटमा फेरि ठूलो परिमाणमा हतियार बरामद
जाजरकोट, १९ फागुन । जाजरकोट जिल्लाको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्ताङ निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, […]
जेलमा क्षमताभन्दा चार गुणा बढी कैदी, सुत्ने ठाउँ नै नभएर पालोपालो सुत्न बाध्य
सल्यान, १९ फागुन । जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरुको चाप बढ्दै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको छ । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । ‘हामीहरु अहिले धेरै छौँ त्यसैले राती सुत्न पनि पाइदैन’ ७० वर्षीय कैदी लाल बहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नु पर्छ, पालो […]
बीरगंजमा व्यवसायीमाथि गोली हान्न लगाउने उनकै श्रीमती भएको पुष्टि
पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो । नामै प्रियंका । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भै वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर […]
जिल्ला प्रहरी कार्यालय अगाडि नै व्यवसायीमाथि हानियो गोली, गोली लागेका चौरासियाको अवस्था गम्भीर
विरगञ्ज, १७ फागुन । विरगञ्जमा एक युवा व्यवसायीमाथि गाेली प्रहार भएकाे छ । युवा व्यवसायी उमेशप्रसाद चौरसियामाथि अज्ञात समूहले गोली प्रहार गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय विरगञ्ज नजिकै रहेको रातोबंगला अगाडि चाैरसियामाथि गाेली प्रहार भएकाे हाे । गाेली लागेर चौरसिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय चौरसियाको […]
सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]
प्रहरीका मोस्ट वान्टेडले एमालेलार्इ प्रयोग गरेर राजनीतिमै नलागेकी श्रीमतीलार्इ बनाए सांसद
कपिलवस्तु, १६ फागुन । श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा । श्रीमती चाहिँ प्रदेशकी माननीय । झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ । प्रहरी पनि अचम्ममा छ । बालक अपहरण, हत्यासहित थुप्रै मुद्दामा प्रहरीकाे ‘मोस्ट वान्टेड’ सूचीका अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको […]
नेपाललार्इ थाहा नै नदिएर नेपालभित्र छिरे भारतीय डोजर
दार्चुला, १६ फागुन । भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो । घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, […]
माओवादी केन्द्रमा संस्थापनभन्दा विद्रोहीहरु हावी, साथ छोड्नेहरुलार्इ मात्र अवसर दिएको चर्को असन्तुष्टि
काठमाडौं, १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले […]










