काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम […]
मुख्य विशेष
गोविन्द केसीको मुटुमा देखियो यस्तो गम्भिर समस्या
काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन । केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाण्डु ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् । सरकारसँग […]
आखिर को थिए जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख ?
काठमाडौं । विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान […]
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरी पहिरो, आवतजावत ठप्प
काठमाडौं । पहिरो खसेपछि नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने उनको भनाइ छ । गएराति सो क्षेत्रमा ठूलो पानी परेकोले पहिरो […]
अाेली सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने तयारीमा राजपा
काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो । सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले […]
भोलि देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा
काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाण्डु ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने […]
इतिहासमै सबैभन्दा बढी रकम एकैदिन वितरण, सोमवार मात्र ३३ अर्ब भुक्तानी
काठमाडाैं, १ साउन । वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च […]
गोरे सुन तस्करी प्रकरणका मुख्य योजनाकार : छानविन समिति
काठमाडौं, ३२ असार । सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष सरकारले गठन गरेको विशेष छानविन समितिले निकालेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी […]
२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी
काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे । विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे । […]
अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]











