रौतहट, २१ असाेज । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका […]
मुख्य विशेष
आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल […]
भीआर्इपी जुवा घरमा प्रहरीको छापा, चार तलामाथिबाट हामफाल्दा दुर्इ जुवाडेको मृत्यु
काठमाडौं, २० असाेज । राजधानीकाे एक गाेप्य जुवा अखडामा प्रहरीले छापा मारे लगत्तै जुवा खेलिरहेका २ जना व्यक्तिकाे ४ तला माथिबाट हामफालेर भाग्न खाेज्दा मृत्यु भएकाे छ । काठमाडाैंकाे मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको र साे क्रममा दुर्इ जना व्यक्ति ४ तलामाथिबाटै हामफालेकाे र उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे […]
शमशेरगञ्जमा तीब्र गतिमा कुदिरहेका माइक्रो र ट्रक ठोक्किदा ६ जनाको मृत्यु
बाँके, २० भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके शमशेरगञ्जमा मार्इक्राेबस र ट्रक एकअापसमा ठाेक्किदा ६ जनाकाे मृत्यु भएकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किएका हुन । प्रारम्भिक अध्ययनमा तीब्र गतिका कारण याे दुर्घटना भएकाे थाहा हुन अाएकाे शमशेरगञ्ज प्रहरीले जानकारी दिएकाे छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै […]
अमेरिकाको चर्को दवावको अवाज्ञा गर्दै भारतले रुसबाट यस्तो अत्याधुनिक ‘एस–४००’ किन्दै, रुसी राष्ट्रपति पुटिन भारतमा
काठमाडाैं, १९ असाेज । अमेरिकाकाे चर्काे दवावका बाबजुत पनि भारतले रुससँग अत्याधुनिक हतियार खरिद गर्ने भएकाे छ । भारतले रुससँग ‘एस-४००’ खरिद गर्ने चर्चा चलेदेखि नै अमेरिकाले भारतलार्इ चेतावनी समेत दिएकाे थियाे । यसैबीच रुसका राष्ट्रपति भ्लादमिर पुटिन भारत पुगेका छन् । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट […]
जनकपुर अाइपुग्याे भारतीय रेल
जनकपुरधाम, १९ असाेज । रेल ब्रोडगेज रेलमार्गबाट बिहीबार जनकपुरसम्म आइपुगेको छ। भारतीय राजदूत मञ्जीवसिंह पुरीले जनकपुरबाट कनकपट्टीसम्म १० किलोमिटर रेल यात्रा गरे। राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय विदेश मन्त्रालयका अधिकारीसँगै रेलमार्ग निरीक्षण गरेका थिए। भारत सरकारको आर्थिक सहयोगमा रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा राजदूत पुरीले निरीक्षण गरेका हुन्। रेलमार्ग तयार भइसके पनि […]
डिल्ली रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनले बुझायो सञ्चारमन्त्रीलार्इ ९ बुँदे मागपत्र
काठमाडाैं, १६ असोज । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया क्षेत्रका समस्या समाधान गर्न दवाव नपुगेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका प्रतिनिधिहरुसँग कुराकानी गर्दै मन्त्री बास्काेटाले दवाव विना काम नहुने स्थिति बनेकाे भन्दै पत्रकारहरुले नै अाफ्ना समस्याका बारेमा बाेल्नुपर्ने बताए । उनले पत्रकारहरु विकेन्द्रित रुपमा कुरामात्र गर्नु भन्दा सबै क्षेत्रबाट दवाव […]
नेकपा नेता जीवन्त र गम्भीर रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश […]
जापानमा शक्तिशाली आँधी आएपछि जनजीवन त्रसित
काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै […]
राजधानीमा पाँच तलामाथिबाट खसेर एकको मृत्यु
भक्तपुर, १४ असाेज । भक्तपुरकाे विनायकमा एक जना व्यक्तिकाे पाँच तलामाथिबाट खसेर मृत्यु भएकाे छ । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको हो। आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार उनलको मृत्यु भएको प्रहरीले जनाएको छ।











